ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

रेडक्रसलाई मानव हितमा लगाऔं

२५ बैशाख २०८२, बिहीबार
२५ बैशाख २०८२, बिहीबार

‘मानवतालाई आशा, सहयोग र उपचारद्वारा जीवन्त राखौं’ भन्ने नाराका साथ विश्व रेडक्रस दिवस आज मनाईदैछ । रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा उनले गरेको योगदानको कदर गर्दै हरेक बर्षको मे ८ लाई संसारभर रेडक्रस दिवसका रूपमा मनाउने परम्परा रहेको छ । यो दिवस अरू दिवसभन्दा पृथक रहेको यस अर्थमा पनि भन्न सकिन्छ कि रेडक्रसमा आज विश्वका १९१ मुलुक जोडिएका छन । विशुद्ध मानवीय सेवा गर्ने उद्देश्यले हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए । उनको विचारलाई आत्मसाथ गर्दै सन् १८६४ को जेनेभा सम्मेलनबाट रेडक्रसले आधिकारीकरूपमा मान्यता प्राप्त गरेको हो ।

नेपालमा भने धेरैपछि बि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भयो । रेडक्रसले मानवता, निष्पक्षता, तटस्थता, स्वतन्त्रता, स्वयंसेवा, एकता र सर्वव्यापकता भन्ने भावलाई आत्मसाथ गरेको छ । मानव सेवामा समर्पित रेडक्रसको गरिमालाई आगामी दिनमा अझै बढाउनेतर्फ पहल गर्नु जरुरी छ । जुन उद्देश्य र अभियानका साथ रेडक्रसको स्थापना गरिएको थियो, त्यो उद्देश्य प्राप्तिमा अहिलेमा पनि विरामको अवस्था छ । युद्धमा घाईते भएका प्रभावितहरूको अवस्था देखेर मानव सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको रेडक्रसको उद्देश्य पूर्तिमा विरामको अवस्था छ । किनकी विश्वमा युद्धको जीजिविषा रोकिएको छैन । विश्व अनेकन द्वन्द्वको चपेटामा परेको छ । भारत र पाकिस्तानबीच युद्धको अवस्था उत्पन्न भएको छ । मंगलवारमात्रै भारतले पाकिस्तानी सिमा क्षेत्रमा आक्रमण गर्दा २० बढी नागरिकको मृत्यु भएको छ । मानवको सेवा गर्ने रेडक्रसको अभियानमा यो एउटा दुःखद घटना हो । रेडक्रस दिवस मनाउँदै गर्दा भारत र पाकिस्तानमा मात्रै होइन, रुस युक्रेन युद्धले पनि विश्वलाई प्रभावित वनाएको छ । सिरियामा फैलिएको आन्तरिक द्वन्द्वदेखि अफगानिस्तानमा जारी हिंसा विश्व रेडक्रसको मानवीय अभियानका लागि दुःखद घटना हो ।

नेपालकै कुरा गर्दा नेपाल पनि विभिन्न युद्धका बाछिटाबाट अछुतो रहन सकेको छैन । विगत १० बर्षे माओवादीको द्वन्द्वमा १७ हजार मानिसको मृत्यु भयो । कैयौं घाईते भए । प्रभावितहरूका लागि यो भन्दा ठूलो अन्याय के हुन्छ ? दुःखको बेला मानवको सेवा गर्ने रेडक्रसको महान अभियान हो । रेडक्रस दिवस खासगरी स्वयंसेवक युवाहरूको संलग्नता, सम्मान, सुरक्षा तथा स्वयंसेवकको प्रबर्धनमा लक्षित रहेको छ । सम्भावित विपद् तथा आपत्कालिन परिस्थितिको सामना गर्न समुदायलाई सहयोग गर्ने, उनीहरूको उत्थानशीलतालाई बढावा दिन तथा अहिंसा एवं शान्तिको प्रबर्धन गर्ने गतिविधिमा युवा स्वयंसेवकले अतुलनीय योगदान दिइरहेका छन् । आपतकालीन परिस्थितिमा स्वास्थ्य सेवा पु¥याउने काम र शान्ति प्रबद्र्धनको लागि सकारात्मक व्यवहार प्रबद्र्धनमा उनीहरूको महत्वपूर्ण भूमिका हुन्छ । तर, पछिल्लोसमय रेडक्रसको भूमिकामाथि प्रश्न गर्न थालिएको छ । यो चिन्ताको कुरा हो । दिवस मनाउँदै गर्दा पछिल्लो समयमा रेडक्रसको भूमिका पारदर्शी नभएको आरोप पनि संसारभरि लाग्न थालेको छ । यो चिन्ताको कुरा हो ।

रेडक्रसका पदाधिकारीमाथि बेला बेलामा प्रश्न उठने गरेको छ । रेडक्रम एक माध्यम हो र यही माध्यमवाट युवाहरूले समाजका अनेक आयाममा सहयोग पु¥याएका छन । यूवामा नै त्यो शक्ति छ जसले कुनैपनि समस्याका बखत आफूलाई समर्पित गर्न सक्छ । विश्व रेडक्रस दिवस मनाउँदै गर्दा युवालाई समाजसेवामा जोड्नु जरुरी छ । किनकी अवको भविष्य युवाहरूको काँधमा छ । निष्पक्ष सेवा गर्ने कसैको मन छ भने त्यो मनलाई रेडक्रससंग जोड्नुपर्दछ । रेडक्रसका माध्यमबाट युवाहरूले देश दुःखी रहेको बेला मल्हम बन्ने प्रयास गर्नु जरुरी छ । हेनरी ड्यूनाले स्थापना गरेको रेडक्रसको साख जोगाउने र त्यसकै माध्यमबाट समाजसेवा गर्नेतर्फ हामी सवैको ध्यान जानुपर्दछ । दिवस मनाउने औपचारिकता त पूरा हुन्छ तर साँचो अर्थमा जुन पवित्र उद्देश्य र अभियानका साथ रेडक्रसको स्थापना भएको हो, त्यो उद्देश्य पूर्तिमा ध्यान जानुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?