ट्रेंडिंग:

>> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले

भारतीय कृषकको काईदाः नेपालको बगरमा खेती, बगरमै ब्यापार

२५ बैशाख २०८२, बिहीबार
२५ बैशाख २०८२, बिहीबार

नेपालगञ्ज, २५ बैशाख ।

बाँकेको सिधनियाघाट स्थित राप्ती नदीको बगरमा अहिले तर्भुजा खरिद गर्नेहरुको भिड लाग्ने गरेको छ । गर्मी बढेसँगै बगरमा तरभुजा तयार भएपछि बगरमै गएर तरभुजा खरिद गर्नेहरुको भिड लाग्ने गरेको हो । गत बर्षदेखि राप्ती नदीको बगरमा तर्भुजा खेती गर्दै आएका भातीय कृर्षकहरु अहिले धमाधम तरभुजा बिक्री गरिरहेका छन् । नेपालगञ्जबाट हुलाकी रोड हुँदै राप्ती सोनारी, नरैनापुर तथा दाङ जाने यात्रुहरु पनि राप्ती नदीको पुल पारी बगरमा बेच्न राखिएका तर्भुजा लिएरै जाने गरेका छन् ।

गत बर्ष नेपालमा तर्भुजा खेतीबाट राम्रो आम्दानी भएपछि यस बर्षपनि सपरिवार उठेर तर्भुजा खेती गर्न आएको भारतीय कृषक मोहमद युसुफले बताए । उनले भने, ‘हम मेहनत भी ज्यादा करतें हैं और फाईदा भी लेतें हैं ईसलिए तो ईसबार फिर आयाहैं ।’ जाडो मौसममा नै तर्भुजा खेतीकोलागि भारतबाट नेपाल आएको र अहिले गर्मीमा पनि घाम पानी सहेर दुःख गरिरहेको युसुफ बताउँछन् । उनीहरुले धेरै माग आउँदा ट्रयाक्टरमा लोड गरेर बजारमा पठाउँछन् भने दिन भरी सिधनिया घाटस्थित राप्ती नदीको पुल भएर आवत जावत गर्नेहरुको लागि बाटोमा थुपारेर विक्री गर्ने गर्दछन् ।

आफ्नै भाई भतिजालगायत ८ परिवार एकैसाथ नेपालमा आएर बगर खेती गरिरहेको बताउने उनले भने, ‘इस सिजनपर हम रास्तेमे बैठ्कर भी दिनमे एकलोग बराबर १० हजारके तरभुज बिक्री कर रहेंहैं ।’ उनले गत बर्ष एक्लैले करिब ५० हेक्टर क्षेत्रफलमा तरभुजा रोपेको र ४ लाख बढी आम्दानी भएको बताउँछन् । यस बर्ष पनि उत्पादन राम्रै भएकाले मौसमले साथ दिए फाईदा हुने उनको विश्वास छ । सुरुमा ५० देखि ६० रुपैयाँ प्रति केजी तरभुजा बिक्री गरेको बताउने उनीहरुले अहिले ४० रुपैयाँ प्रति किलो बिक्री गर्दै आएकाछन् । तरभुजा विक्री गर्ने क्रम करिब एक महिना सम्म चल्ने भारतीय कृषकहरु बताउँछन् ।

२०० हेक्टर भन्दा बढी क्षेत्रफलमा खेती गर्दै आएका अर्का भारतीय कृषक शाहिद अली पनि यस बर्ष राम्रो उत्पादन भएको देखेर दंग छन् । उनी भन्छन्, ‘नेपालमे तरभुज खेती बहुत अच्छा होता है, पिच्छलेबार फाईदा हुवा इसलिए तो फिर आयाहुँ ।’ साहीदले खुद्रा मूल्यमा कमै मात्रामा बिक्री गर्ने गर्दछन् । उनले एकैपटक धेरै मात्रामा तर्भुजा नेपालगञ्जको सब्जी मन्डी, भाटभटेनी सुपर मार्केट, सुर्खेत, दाङ र काठमाण्डौ सम्म पठाउने गरेको बताउँछन् ।

भारतीय नागरिकले चैतमा रोपेको तरभुजा करिब दुई हप्तादेखि बिक्री गर्दै आएकाछन् । तरभुजा तयार हुनु अगाडी बगरमै रोपेको काँक्रा, फर्सी, लौका, बोडी पनि बिक्री गरेको उनीहरु बताउँछन् । अहिले सम्म दुई लाखबढीको काँक्रा मात्रै बिक्री गरिसकेको साहिदले बताए ।
नेपालमा आएर बगरमा उब्जाएको तरकारी र तरभुजाको स्वाद नेपालीलाई चखाउन पाउँदा खुसी लागेको अर्का भारतीय कृषक मोहमद गुरगान बताउँछन् । उनले नेपालमा आएर खेती गर्दा नेपालीलाई पनि सिकाउन चाहेको तर नेपालीहरु यसमा लाग्ने मेहनत र दुःख देखेर चासो नदेखाएको उनले बताए ।

बगरको छेमा बाटोमा राखेको तरभुजा किन्न गएका नेपालगञ्जका मोहमद सादेले यहि खेती नेपाली कृषक आफैले गरेको भए जमिनको सदुपयोग र रोजगारीको सृजना गर्न सकिने बताए । उनले भने, ‘भारतीय कृषकले यती धेरै उत्पादन गरेको छ, फाईदा लिएको छ भनेर डाहा गरेर के गर्नु, हामी नेपालीहरु उनीहरु बराबर दुःख गर्न डराउँछौं ।’ सुपथ मूल्यमा ताजा तरभुजा पाईले भएकाले बगरमै आएर किन्ने गरेको उनले बताए ।

राप्ती नदिको बगर त्यहि नजिकैको गाउँ सिधनियाँ, हल्कारापुर, कम्दी र बालापुरका बासिन्दाहरुको नम्बरी जग्गा हो । तर पूँजी र आवश्यक जनशक्तिको अभावमा बगरखेती असम्भव रहेको नेपाली कृषकहरुको भनाई छ । बगरमा आफ्नो ४ विघा नम्बरी जग्गा रहेको बताउने सिधनियाँ गाउँका सर्वेश कुमार यादवले बगरमा आफुले दुःख गर्न नसकेर भारतीय नागरीकलाई खेती गर्न दिएको बताए । उनले भने, ‘बगर खेतीमा धेरै जनशक्ति चाहिन्छ, मेरो सानो परिवार भएकोले जनशक्ति नै पुग्दैन ।’

बगरखेतीकोलागि प्रत्येक बर्ष कृषकलाई तालिम र प्रोत्साहनको कार्यक्रम गर्दै आए पनि नेपाली कृषकहरु ब्यावसायिक रुपमा खेती गर्न नसकेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । खेती गर्नकोलागि उर्बर जमिन नै आवश्यक पर्छ भन्ने छैन । केही उम्रिदैन भन्दै चटक्क बिर्सिएको करिब २ हजार क्षेत्रफल बगर, भारतिय कृषकहरुकोलागि करोड पैसा आर्जन गर्ने सपना बनेको छ । मोहमद युसुफ, साहिद अलीलगायत भारतको बाकपत जिल्लाबाट ८ परिवारका करिब ४० जना कृषकहरुले नेपाली भुमीको बगरमा रात दिन मेहनत गरेर उब्जाएको तरभुजा नेपाली लाई नै बिक्री गरेर अहिले दैनिक रुपमा आम्दानी लिईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?