ट्रेंडिंग:

>> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा 

सिकलसेल नगर कमिटीले रोगीको उपचारमा समन्वय गर्दै

२४ बैशाख २०८२, बुधबार
२४ बैशाख २०८२, बुधबार

नेपालगञ्ज, २४ वैशाख ।

सिकलसेल रोगीहरुको स्वास्थ्यमा समस्या आउँदा अर्का सिकलसेल रोगी दिलिप थारुलाई फोन आउँछ । बाँकेको कोहलपुर नगरपालिका –६ का २८ वर्षीय दिलिप ‘सिकलसेल कोहलपुर नगर कमिटी’ का अध्यक्ष हुन् । दुई बर्षअघि दिलिपको नेतृत्वमा ७ सदस्यीय सिकलसेल एनिमिया रोगीहरुको कमिटी गठन गरेदेखि उपचारलगायत विभिन्न समस्या समाधानका लागि सिकलसेल रोगीहरुबीच नै समन्वय हुँदै आएको हो ।

कोहलपुर नगरिपालिका भित्र करिब ५५ जना सिकलसेल एनिमिया रोगी रहेको र उनीहरु निरन्तर कमिटीको फोन सम्पर्कमै रहने गरेको कमिटीका अध्यक्ष दिलिपले बताए । उनले भने–‘आर्थिक सहयोग गर्न नसकेपनि कमिटीले स्वास्थ्यमा जटिल समस्या आउँदा उपचारमा समन्वयकारी भूमिका खेल्दै आएको छ ।’ रोगले बढी च्यापेको खण्डमा भेरी स्पतालले काठमाडौ या लखनउ रेफर गर्ने हुँदा सरकारबाट पाउँदै आएको एक लाख बराबरको उपचार खर्च र स्वास्थ्य बिमाबाट पाइने सुविधा सकिएर आर्थिक अभावमा कतिपयलाई उपचार गर्न समस्या भइरहेको उनको भनाइ छ । यस्तो अवस्थामा नगरकमिटीले केही गर्न सक्ने अवस्था हुँदैन । उनले भने, ‘कमिटी बनेपछि एक आपसमा दुःख साटासाट गर्ने हुँदा रोगीहरुको केही हदसम्म मनोवल बढेको महसुस भइरहेको छ ।’ सिकलसेलको लक्षण देखिएका तथा शंका लागेका ब्यक्तिहरुलाई नगरपालिकामा गएर रगत परीक्षण गराउन पनि सुभाmव दिँदै आएको छ ।

पश्चिम नेपालका थारु समुदायमा विकराल स्वास्थ्य समस्याका रुपमा देखिएको सिकलसेल एनिमिया रोग परीक्षणको अभावमा अझ धेरै संख्यामा रोगीहरु पहिचान हुन सकेका छैनन् । कोहलपुर नगरपालिकामा थारु समुदायको संख्या धेरै रहेकाले नगरपालिकाले सिकलसेल एनिमिया ल्याव सेवा सञ्चालन गरेर करिव ४ बर्षदेखि रोगी पहिचान गर्दै आएको छ ।

विक्रम संवत् २०७७ साल चैत २९ गतेबाट सञ्चालनमा ल्याइएको ल्यावबाट हाल सम्म १३ हजार ५ सय जनाको रगत परीक्षण गरेकोमा ७० जना सिकलसेल एनिमिया र पाँच जना थालसेमियाका रोगी फेला परेको कोहलपुर नगरपालिकाका सिकलसेल फोकल पर्सन शिव गौतमले जानकारी दिए । चालु आर्थिक वर्षको साउन देखि हालससम्म एक सय ३६ जनाको परीक्षण गरीएको छ । जसमा सिकलसेल रोगी चार जना, सिकलसेल बाहक १० जना र बिटा थालेसिमिया एक जना रोगी पहिचान भएको फोकल पर्सन गौतमले बताए ।

कोहलपुर नगरपालिकाभित्र करिब २५ हजार थारु समुदायको जनसंख्या रहेकोमा हाल सम्म करिब ४० प्रतिशतको मात्र रगत परीक्षण गरिएको उनको भनाई छ । सिकलसेल बाहकहरु थारु समुदयमा अझ धेरै हुन सक्ने बताउँदै उनले भने –‘सिकलसेल एनिमिया रोगीलाई लक्षण देखिन्छ, बाहकलाई कुनै लक्षण देखिँदैन तर उनीहरुबाट जन्मिएको शन्तानहरुमा शतप्रतिशत सिकलसेल रोग देखिने गरेको छ ।’ उनका अनुसार कोहलपुर नगरपालिकाको १५ वटा वडामध्ये १४ नम्बर वडा बाहेक सबै वडामा थारु समुदायको घना बस्ती रहेको छ ।

हालसम्म थारु समुदायमा नै देखिएको यो रोगबारे नगरपालिकाको सबै वडामा अभिमुखिकरण कार्यक्रम गरिएको जानकारी दिए । उनले भने, ‘हामीले वडा स्तरमै गएर रगतको स्याम्पल लिने काम ग¥यौं, कतिपयले आफै ल्याबमा सिकलसेल परीक्षण गराउन आउनुहुन्छ ।’ नगरपालिकाले वडा स्तरमा गरेको अभिमुखिकरणकै कारण सिकलसेल रोगीबीच विवाह गर्नहुन्न भन्ने बारे केही हदसम्म थारु समुदायका युवा युवतीहरु सचेत भइसकेको उनले बताए । यो रोग लाग्न नदिन विवाह गर्नु पूर्व रोग परीक्षण गर्नुपर्ने उनको सुझाव छ । यो रोग नियन्त्रण गर्नका लागि नै कोहलपुरमा सिकलसेल नगर कमिटी गठन गरिएको उनले बताए ।

कोहलपुर नगरपालिकाले परीक्षण गरेर रोग पत्ता लागिसकेपछि रोगीले नियमित खानुपर्ने फोलीकएसिड औषधी निशुल्क उपलब्ध गराउँदै आएको नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए । भेरी अस्पतालमा पछिल्लो समय सिकलसेल पडितहरुका लागि छुट्टै वार्ड र डेकेयरको ब्यवस्था गरेपछि थप उपचार गर्नुपर्ने अवस्थामा भेरी अस्पताल नेपालगन्जमा रिफर गर्ने गरिएको उनले बताए ।

यसअघि भेरी अस्पतालमा समेत सिकलसेल परीक्षणका लागि ल्यावको ब्यवस्था नरहेको अवस्थामा कोहलपुर नगरपालिकाले स्थानीयस्तरदेखि निःशुल्क परीक्षणको अभियान थालेको नगरप्रमुख आचार्यको भनाइ छ । बाहिर परीक्षण गराउँदा २५ सय रुपैयाँ शुल्क तिरेर परीक्षण गराउनुपर्ने बाध्यता रहेकोले सोही बाध्यतालाई मध्यनजर गर्दै नगरपालिकाले निशुल्क परीक्षणको ब्यवस्था गर्दै आएको उनको भनाइ छ ।

“शुरु शुरुमा परीक्षण गराउन आउनेको भीड थाम्न गाह्रो भयो”–प्रमुख आचार्यले भने –‘पछिल्लो समय भेरी अस्पताल र बर्दियाको बार बर्दिया नगरपालिकामा पनि परिक्षण हुने भएकाले छिटफुट रुपमा मात्र आउनुहुन्छ ।’ नगरपालिकाको तर्फबाट सिकलसेलबारे सचेतना तथा अभिमुखिकरणको कार्यक्रम भने जारी रहेको र आगामी दिनमा पनि यो अभियानले निरन्तरता पाउने प्रमुख आचार्यको भनाइ छ । नगरभित्र रहेका सबै सिकलसेल रोगीहरुको निःशुल्क स्वास्थ्य बिमा पनि गर्दै आएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?