Butwal Today

चीनले भारत र पाकिस्तानलाई संयम र शान्तिको आग्रह

२४ बैशाख २०८२, बुधबार
अ+
अ-

भारत र पाकिस्तान बीचको जारी तनावलाई लिएर चीनले दुवै देशलाई संयम र शान्तिको पक्षमा काम गर्न आग्रह गरेको छ। चीनको विदेश मन्त्रालयले भारतीय सेनाले पाकिस्तानमाथि गरेको हवाई हमलालाई “खेदजनक” बताउँदै, यसले चीनलाई चिन्तित बनाएको उल्लेख गरेको छ। चीनले दुवै छिमेकी राष्ट्रलाई शान्ति र स्थायित्वको हितमा काम गर्न, तथा परिस्थितिलाई अझ जटिल बनाउनबाट बच्न आग्रह गरेको छ।

चीनको विदेश मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ, “भारत र पाकिस्तान सधैं एकअर्काका छिमेकी रहनेछन् र चीनका पनि छिमेकी हुन्। हामी सबै प्रकारका आतंकवादको विरोध गर्दछौं। दुवै पक्षलाई शान्त रहन र संयम अपनाउन आग्रह गर्दछौं।”

बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतले पाकिस्तानमाथि ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको जानकारी दिइन्। यस अपरेसनमा भारतीय सेनाले पाकिस्तानका नौ आतंकवादी शिविरलाई लक्षित गरी ध्वस्त पारेको दाबी गरिएको छ। यो अपरेसन पाकिस्तानको कश्मीर क्षेत्रको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलामा मारिएका नागरिकहरूको न्यायका लागि गरिएको थियो।

पाकिस्तानले जवाफमा भारतका पाँच लडाकु विमान खसालिएको दाबी गरेको छ, भने भारतले अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?