ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

उत्कृष्ट गन्तव्यको सम्भावना बोकेको पर्या–पर्यटन पार्क

२४ बैशाख २०८२, बुधबार
२४ बैशाख २०८२, बुधबार

नवलपरासी पश्चिम्, २४ वैशाख ।

बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित पारिजात वनक्षेत्रमा पर्या पर्यटन पार्क निर्माण अघि बढेको छ । पूर्वपश्चिम् राजमार्गको त्रिवेणी चोकबाट दक्षिणतर्फ रहेको झण्डै ९९ हेक्टर वनक्षेत्रमा पार्क निर्माणको काम भैरहेको हो ।

बर्दघाट नगरपालिकाले यसको बिगतमै डिपिआर गरी पार्क निर्माणका लागि ५२ करोड रुपैयाँको लागत मूल्यांकन गरेको छ ।

मनोरञ्जनका लागि प्राकृतिक वातावरणको स्पर्शमा आनन्द लिन आउनेहरू र प्रकृतिको अध्ययन अनुसन्धानका निम्ति पनि यो क्षेत्र निकै ठूलो सम्भावना बोकेको क्षेत्र हुन सक्ने यहाँका स्थानीय बताउँछन् । भौगौलिक बनावटले पनि राजमार्गतर्फ पहाड र समथर भागमा सिम क्षेत्र रहेको यहाँ निकै ठूलो जलाशय निर्माण गरी सिमसार सहितको अवधारणा अघि सारिएको छ ।

अहिले बर्दघाट नगरपालिका, पारिजात सामुदायिक वन र लुम्बिनी प्रदेश सरकारको ३० लाखको लगानीमा पार्कको सिमाङ्कन गरिएको क्षेत्रमा तारबार र पर्खाल लगाउनका निम्ति फाउन्डेशनको काम समेत भैरहेको छ । बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरले अहिले विभिन्न प्राकृतिक स्थललाई पर्यटकीय क्षेत्रको रूपमा ब्रान्डिङ तथा विकास गरेर स्वदेशी पर्यटक आकर्षित गर्ने उद्देश्य अनुरुप अघि बढाएको बताए ।

“मानिसहरु अहिले कोलाहलपूर्ण वातावरण, ब्यस्त र तनावयुक्त जीवन बाँचिरहेका छन्, केही समय यसबाट मुक्ति पाउनका लागि समेत यो पर्या पर्यटन पार्क उत्कृष्ट गन्तव्यस्थल बन्छ भन्ने लाग्छ”– नगरप्रमुख श्रेष्ठले भने । स्थानीय तहले मात्रै लगानी गर्न सम्भव नभएको र यसका लागि प्रदेश र संघ सरकारमा पहल भैरहेको श्रेष्ठले बताए ।

स्थानीयको सहभागितामा पार्कको डाँडामा “गरे के हँुदैन” भन्ने अभियान सहित श्रमदान मार्फत गोरेटो निर्माण गरिएको छ भने डाँडाको माथिल्लो टुप्पो भागमा राष्ट्रिय झण्डा र नेपालको नक्सा अङ्कित आकारमा भौगोलिक चित्र तयार भैरहेको पारिजात वनका पुर्व अध्यक्ष चुडामणि भण्डारीले बताए । अहिले डाँडामा बसेर गफिन, मार्निङ वाक गर्न स्थानीयहरु पुग्ने गरेका छ्न । यहाँबाट बजार क्षेत्र, वरिपरिको वनजङ्गलको हरियाली सहितको मनमोहक दृश्य हेर्दा जो कोही पनि आनन्दित हुने गर्दछन् ।

बढ्दो जनघनत्व, फोहोरमैला उत्सर्जन र आम मानिसमा यसको महत्व बुझाउन नसक्दा प्रदुषित वातावरणले यस्ता क्षेत्रहरु संकटमा पर्दै आइरहेका छन् । अहिले उक्त पार्क निर्माण भैरहेको पारिजात वनक्षेत्रमा केही ट्रस्ट जस्ता सामान्य पूर्वाधार निर्माण भएको र खानेपानीको ब्यवस्थापन गरिएको पारिजात सामुदायिक वनका अध्यक्ष कमान सिंह थापाले बताए । हैसियत बिग्रेको वनक्षेत्रको समुचित प्रयोगसँगै यहाँको पर्यटन विकासमा यो पार्कले पूर्णता पाउन सके निकै ठूलो उपलब्धि हुने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?