© २०२३
काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन उल्लेखनीय रूपमा उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको भाउ तोलामा १,७०० रुपैयाँले बढेर १,९१,६०० रुपैयाँ पुगेको छ।
हिजो मात्र पनि सुनको मूल्यमा ठूलै फड्को मार्दै ५,३०० रुपैयाँले वृद्धि भएको थियो, जसपछि भाउ १,८९,९०० रुपैयाँ पुगेको थियो। यसरी दुई दिनमै सुनको मूल्यमा ७,००० रुपैयाँ भन्दा बढीको उछाल देखिएको छ।
यता, चाँदीको भाउ भने स्थिर नै देखिएको छ। महासङ्घका अनुसार, आज चाँदीको मूल्य हिजोकै दरमा कायम रही तोलाको १,९६५ रुपैयाँ मा कारोबार भइरहेको छ।