© 2026
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले नेपाल विद्युत् प्राधिकरणको वित्तीय अवस्थाबारे गम्भीर प्रश्न उठाउँदै ऊर्जा मन्त्री दीपक खड्कासँग जवाफ माग गरेकी छन्।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै डाँगीले केही महिना अघिसम्म ४६ अर्ब ४७ करोड नाफामा रहेको प्राधिकरण एक महिनामै ५ अर्ब २६ करोड घाटामा पुग्नुको कारण खोज्नुपर्ने बताइन्। यस्तो आर्थिक उल्टो यात्राको जवाफ दिनु ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको दायित्व रहेको भन्दै उनले मन्त्री दीपक खड्कालाई सदनमा स्पष्टीकरण दिन आग्रह गरिन्।
सचेतक डाँगीको सवालले विद्युत् प्राधिकरणको वित्तीय पारदर्शिता र व्यवस्थापनमा प्रश्नचिह्न खडा गरेको छ। यस विषयमा मन्त्रालयको जवाफ अब कति चाँडो आउँछ भन्ने चासो बढेको छ।