© २०२३
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषाको प्रयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। गोरखापत्र दैनिकको १२५औं वार्षिकोत्सवको विशेष समारोहमा बोल्दै उनले आजकाल सञ्चार ध्यमहरूमा प्रयोग हुने भाषाशैली कमजोर हुँदै गएको बताए।
उनको भनाइमा, नेपाली भाषामा परिष्कृत र सम्मानजनक शब्दहरूको प्रशस्तता भए तापनि, हाल मिडिया क्षेत्रमा अशुद्ध र साधारण शैलीको भाषा हावी हुँदै गएको छ। उनले ‘हजुरबुबा’ र ‘नाति’लाई एउटै किसिमको सम्बोधन जस्तै “यु” बाट सम्बोधन गरिनु गलत नजिर भएको उल्लेख गरे।
ओलीले विगतका शब्द प्रयोग जस्तै “सवारी हुन्थ्यो,” “ज्यूनार हुन्थ्यो,” “श्रवण हुन्थ्यो” लाई स्मरण गर्दै, तिनले भाषाको स्तर र सभ्यता झल्काउँथे भने। अहिले भने अंग्रेजीको नक्कल गर्दै भाषाको मौलिकता नै हराउने खतरा रहेको उनको भनाइ थियो।
भाषाको संरक्षणमा गोरखापत्रको भूमिका अझै महत्वपूर्ण रहेको भन्दै उनले त्यसको प्रशंसा पनि गरे। उनका अनुसार, जब भाषा कमजोर बन्छ, तब पहिचान र संस्कार पनि संकटमा पर्छ।