© २०२३
नेपालगञ्ज, २४ बैशाख ।
बसको ठक्करबाट मेटरसाईकलमा सवार बाँकेका एक युवकको घटना स्थलमै मृत्यु भएको छ । मोटरसाईकलमै सवार अर्का गम्भीर घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे ९ प ६४२८ नम्बरको मोटरसाईकललाई सोही दिसातर्फ गइरहेको वा १–०६ख ३५९३ नम्बरको बसले बुधबार बिहान साढे ११ बजेतिर राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा ठक्कर दिँदा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी निवासी अन्दाजी ३३ वर्षका सुदीप सुवेदीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक(डिएसपी) लक्ष्मी खनालले जानकारी दिइन ।
दुर्घटनामा परी ढकेरीकै अन्दाजी ३५ वर्षका हिरासिंह ओली घाइते भएको उनले बताइन । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने बस र चालक शिव परियारलाई नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनापछि स्थानीयले बासिन्दाले पूर्ब–पश्चिम राजमार्गको कुसुम–कोहलपुर खण्ड अवरूद्ध गरेका छन् ।