ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पाचौं पटकमा रिडी खोलामा पुल

२४ बैशाख २०८२, बुधबार
२४ बैशाख २०८२, बुधबार

पाल्पा, २४ बैशाख ।
लामो प्रतिक्षापछि रैनादेवी छहरा गाउँपालिका शिद्धेश्वरका स्थानीयलाई वर्षायाममा रिडीसम्म जानका लागि लामो बाटोको प्रयोग गर्न नपर्ने भएको छ । रिडी खोलामा मोटरेवल पुलकोे निर्माण भई सञ्चालनमा आएपछि पाल्पाका लागि मात्र नभई गुल्मीका लागि समेत आवतजावत गर्न सजिलो भएको छ ।

अर्घाखाँचीको सदरमुकाम सन्धीखर्क देखि आउने खोला पाल्पाको रिडीमा पुगेपछि कालीगण्डकी नदीमा मिसिने हुने हुँदा यसलाई रिडी खोला भनिन्छ । वर्षायाममा खोलाले धेरै व्यक्तीलाई बगायो । पटक–पटक माग गरेपछि प्रदेश सरकारले पुल निर्माणको लागि बजेट विनियोजन ग¥यो । पटक -पटक म्याद थप गरी योजना सम्पन्न गरेपछि सहज रूपमाआउने जाने सक्ने भएको सिद्धेश्वरकी स्थानीय कमला ज्ञवाली बताउँछिन् । पुल निर्माणको लागि बजेट विनियोजन भएपनि प्राविधिक कारण लगायतले पटक पटक पाँच पटक सम्म म्याद थपपछि बल्ल पुल निर्माण भएको हो ।

वर्षामा खोला धमिलो हुँदा यहाँका मानिसहरू वारीको वारी, पारीको पारी हुनुपर्ने अवस्था थियो । १० मिनेटको समयको लागि एक घण्टाको समय खर्चिनु पर्दथियो । रिडी कलेजका विद्यार्थीले त धेरै सास्ती नै खेपिरहेका थिए । आकासमा कालो बादल देखिन साथ पढाइ नै छोडेर खोलातिर ध्यान लैजानु भनेको सामान्य थियो । कहिलेकाहिँ बासै बस्नपर्ने अवस्था भएको स्थानीय माधव कुमाल बताउँछन् ।

लुम्बिनी सरकारको लगानी सडक पूर्वाधार कार्यालयको प्राविधिक रेखदेखमा ४५ लम्बाइको ३ करोड ७५ लाखमा पुल निर्माण भएको हो । यसबाट रैनादेवी छहरा गाउँपालिकाको सिद्धेश्वर र गुल्मीको छत्रकोट गाउँपालिकाको वडा नम्वर ५का सयौं परिवारलाई आवतजावत गर्न सजिलो भएको सडक पूर्वाधार कार्यालयका प्रमुख वासुदेव भण्डारी बताउँछन् ।
निर्माण कम्पनीसँग २०७४ सालको फागुन १४गते १८ महिनामा सम्पन्न गर्नेगरी राजेश्वरी पि.टि.आर. अधिकारी संग ठेक्का संझौता भएको पाँचौ पटक म्याद थपगरी गत पुस २९ गते सम्पन्न भएको पूर्वाधार कार्यालयका इन्जिनियर बिक्रम पृथीले बताए । पटक पटक म्याद थप गरी निर्माण कम्पनीले निर्माण कार्य पुरा गरेको उनले बताए ।

कार्यालयका अनुसार यस आर्थिक वर्षको अवधिमा तिनाउ गाउँपालिकाको बेल दमारमा २ करोड ५१ लाख ७ हजार २ सय २१ रूपैयाको लागतमा निर्माण भएको र तिनाउ कै झुम्सा खोलामा ३ करोड ४७ लाख ५८ हजार ३ सय ९३ रूपैया को लागतमा निर्मीत पुल यस आर्थिक वर्षमा सम्पन्न हुने कार्यालयले जनाएको छ ।

सडक पूर्वाधार कार्यालयका सूचना अधिकारी श्याम श्रेष्ठका अनुसार पूर्वखोला गाउँपालिकाको वडा नम्वर ५ मा सिमल्दी खोलामा ३ करोड ७५ लाख ४१ हजार ९ सय ७४ रूपैयाँको लागतमा र पूर्वखोला कै रकम खोलाको ६ करोड ८ लाख, ९ हजार रूपैयाको लागतमा र निस्दी गाउँपालिकाको माथिल्लो गल्धामा ५ करोड ९८ लाख ६३ हजार ९ सय ३२ रूपैयाँको लागतमा आउने आर्थिक वर्षमा सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?