© २०२३
गुल्मी, २४ बैशाख ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लाको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा गुड र खुदो उद्योगहरूको अनुगमन गरेको छ । कार्यालयको नियमित बजार अनुगमन कार्यक्रम अन्तरगत रुरुक्षेत्र गाउँपालिका –३ स्थीत थोर्गा र छत्रकोट गाउँपालिका –३ को हर्दिनेटामा उक्त अनुगमन गरिएको हो ।
कार्यालयले उत्पादकहरूले उद्योगमा उत्पादित खाद्य सामग्रिहरू उपभोक्ताहरूमा कसरी पुराउछन, उत्पादित सामग्रिहरू कति गुणस्तरयुक्त छन, उद्योगहरूको अबस्था कस्तो छ, उद्योग व्यावसायी तथा उपभोक्ताहरूको समस्या र गुनासाहरू केकस्ता रहेका छन भन्ने विषयमा प्रत्यक्ष रूपमा जानकारी लिने उद्देश्यले उक्त स्थलगत अनुगमन गरिएको जनाएको छ ।
अनुगमनको क्रममा रुरुक्षेत्र –३ स्थीत थोर्गामा रहेका दश वटा गुडखुदो उद्योग र छत्रकोट गाउँपालिका –३ अन्तरगत हर्दिनेटामा रहेका दुइ वटा गुडखुदो उद्योगहरूको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजिव अर्यालले बताए । कार्यालय प्रमुख अर्यालका अनुसार अनुगमनको क्रममा बिक्रि स्थलमा मूल्य सूचि र साइनबोर्ड नभएको, खरिद बिक्री बिल नभएको, खाद्य अनुज्ञा पत्र नभएको, सरसफाईमा ध्यान नदिएको भेटिएको थियो ।
अनुगमनको क्रममा गुडखुदो उद्योग व्यावसायीहरूलाई उद्देश्य बमोजिम काम गर्न, उद्योगमा मुल्य सूचि र साइनबोर्ड सबैले देखिने गरि राख्न, अनिबार्य रूपमा खरिद बिक्री बिल प्रयोग गर्न, खाद्य अनुज्ञा पत्र लियर मात्र काम गर्न एवं सरसफाईमा ध्यान पुर्याउन समितिले सुझाव दिएको छ ।
अनुगमनको क्रममा उद्यमीहरूले उखु पेल्ने मेसिन,.खुदो गुड पकाउने कराइ तथा भाडाकुँडा, उखु गुड सम्वन्धि कृषकहरूलाई आवश्यक तालिम, उद्योगका लागि ट्रस, इलेक्ट्रिक काटा एवं सहुलियत कर्जा लगायत प्रबिधि तथा अनुदान उपलब्ध गराउन माग गरेका थिए । अनुगमनका लागि कार्यालय प्रमुखसँगै छत्रकोट गाउँपालिका –३ का वडाध्यक्ष तेजकान्त अर्याल, जिल्ला समन्वय समितिबाट डिल बहादुर थापा, घरेलु कार्यालयबाट जीवन घिमिरे, त्रिबिक्रम ज्ञवाली तथा, रुरुक्षेत्र गाउँपालिकाबाट मदन पौड्याल लगायतको सहभागिता रहेको थियो ।