ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

‘कोहलपुरमा महिला होइन डिएसपी आएको छ भन्ने बुझ्नुहोला’

२४ बैशाख २०८२, बुधबार
२४ बैशाख २०८२, बुधबार

नेपालगञ्ज, २४ बैशाख ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) लक्ष्मी खनालले कार्यालय प्रमुख महिला या पुरुष भन्ने कुराले महत्व नराख्ने बताएकी छिन् । बुधबार बाँकेका पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी नायव उपरिक्षक डिएसपी खनालले आफुलाई महिलाको रुमा मात्र नबुझ्न आग्रह गरिन् । उनले भनिन् ‘केहलपुरमा महिला डिएसपी आयो भन्ने धेरैको भ्युज देखिरहेको, सुनिरहेको छु, महिला आएको छ भन्दा पनि डिएसपी आएको छ भन्ने बुझिदिनुहोला ।’ नेपाल प्रहरीको सिस्टमबाट आफु कोहलपुर आएको प्रष्ट पार्दै डिएसपी खनालले भनिन्, ‘नेपाल प्रहरकिो एउटा सिस्टम छ हामी सबै सिस्टमले चल्ने हो ।’

खनालले आफु कोहलपुरकालागि नयाँ भएपनि यहाँके वस्तुस्थिती अध्यन गरेको आएको र विगतका रिपोर्टहरु पनि अध्ययन गरिरहेको उल्लेख गरिन् । उनले पत्रकारहरुसँग हातेमालो गर्दै समाज परिवर्तन र कानून परिपालना गर्न गराउन दत्तचित्त भएर लागिपर्नेमा विश्वस्त हुन सञ्चारकर्मीहरुलाई अपिल गरिन् । प्रहरी समाचार कक्ष नक्शालबाट सरुवा भई एक हप्ता अघि मात्र कोहलपुर आएकी डिएसपी खनाललाई नगरमैत्री बन्न पत्रकारहरुले आग्रह गरे । कार्यालय प्रमुख खनाललाई सूचना सहज पहुँचको वातावरण निर्माणकालागि समन्वय गर्न समेत पत्रकारहरुले सुझाव दिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले संचारकर्मीले राम्रो कार्यको प्रशंसा र नराम्रो कार्यको खबरदारी गर्ने बताए ।

खबरदारीमा भने आफुहरु नचुक्ने उल्लेख गर्दै गिरीले भने, ‘हामी राम्रो कार्यको अति प्रशंसा गर्दैनौं र नराम्रो कार्यको अति निन्दा पनि गर्दैनौंं ।’ प्रशासकहरुमा दम्भ भयो भने अर्को समस्या निम्तिने बताउँदै अध्यक्ष गिरीले सबैलाई अपनत्वको भाव जागृत हुनेगरी जनमैत्री, सञ्चारमैत्री प्हरी संगठन आजको आवश्यकता भएको औंल्याए । कोहलपुर पश्चिम नेपालको केन्द्रविन्दु र धेरै पहाडी जिल्लाहरुको प्रवेशदवर भएकाले यस क्षेत्रमा ट्रफिक ब्यवस्थापनम, लागू औषध कारोबार, सेवन तथा बेचविखन, विभिन्न अपराधका घटनाहरु हुने गरेको र आश्रय स्थलकारुपमा कोहलपुरलाई लिने गरेकाले संवेदनशिल भएर चुस्त सेवा प्रवाह गर्न प्रहरलिाई पत्रकारहरुको सुझाव थियो । डिएसपी खनालले पत्रकारहरुका सुझावहरु आत्मसा तगर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?