ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

हरित आर्थिक वृद्धि र प्राकृतिक स्रोत व्यवस्थापनमा सबैको चासो हुनुपर्ने

२४ बैशाख २०८२, बुधबार
२४ बैशाख २०८२, बुधबार

दाङ, २४ बैशाख ।

नेपाल वातावरण पत्रकार समूहको आयोजना, अर्थ जोर्नालिजम नेटवर्कको साझेदार र युरोपियन युनियनको आर्थिक सहयोगमा हरित आर्थिक वृद्धि र प्राकृतिक स्रोत व्यवस्थापन प्रदेश स्तर बहु सरोकारवाला सम्बाद कार्यक्रम दाङको भालुवाङमा भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले जलबायु परिवर्तनका कारण देशमा धेरै असर भएको बताए । “पानीका मुहान, खोला नाला सुकेका छन् । सिचाइका लागि पोखरीको व्यवस्थापन गर्नुपर्छ । सिमसार क्षेत्र संरक्षण गर्नुपर्छ”– उनले भने–“पानीको संरक्षणले मात्र हरित ब्यवस्थापन हुने गर्छ । प्रत्येक खोलामा तटबन्ध गर्ने र पानीलाई प्राथमिकता राखेर काम गर्नुपर्छ ।”

लुम्बिनी प्रदेश सभा सदस्य खड्क बस्नेतले योजनाबद्ध तरिकाले काम गर्नुपर्ने बताए । प्राकृतिक स्रोतलाई प्रयोग गर्दा सरकारले बनाएका नीतिनियमलाइ पालना गर्नुपर्ने उनको धारणा छ । जल, जमिन र जंगलको प्रयोग गर्दा त्यसको सकारात्मक र नकारात्मक पक्षमा ध्यान दिनुपर्ने उनले बताए ।

योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्यालले संघीय, प्रदेश र स्थानीय तहमा बनेका ऐन संग तालमेल नभएका कारण काम गर्न समस्या भएको बताए । लुम्बिनी प्रदेश वन मन्त्रालयका निर्मल चौधरीले वातावरण कार्यमा संचालकहरुले आइइ प्रतिबेदन अनुसार काम गरेको नपाइएको बताए ।

डिभिजन वन कार्यालय प्रमुख महेन्द्रराज वाग्लेले वन प्राकृतिक स्रोत भएकाले यसको संरक्षणमा चुनौती रहेकोे बताए । लुम्बिनी प्रदेशमा कुल क्षेत्रफलको ४४ प्रतिशत भाग वनले ओगटेका कारण नेपाल सरकारले दीगो वन व्यवस्थापनमा वनको उत्पादन र उत्पादकत्व बढाउनुपर्ने उनले बताए ।

कार्यक्रममा उर्जा महाशाखा प्रमुख महेश पौडेल, कुलपानी सामुदायिक उपभोक्ता समितिका अध्यक्ष नवराज शर्मा, ब्यवसायी चित्रबहादुर महतरा क्षेत्री, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हरिप्रसाद भुसाल, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, राजपुर गाउँपलिका उपाध्यक्ष धनपती यादव, राप्ती गाउँपालिका वडा नं. ४ अध्यक्ष विरबहादुर चौधरी, वन्यजन्तु संरक्षण अभियान कर्ता चिरञ्जीवी खनाल, विजय भट्टराई, मनोज न्यौपाने, पत्रकार लिला शाह लगायतले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?