ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

बुटवल टुडेद्वारा आयोजित गोष्ठी र पर्यटनको कुरा

२४ बैशाख २०८२, बुधबार
२४ बैशाख २०८२, बुधबार

बुटवल टुडे राष्ट्रिय दैनिकको आयोजनामा बुटवलमा संचालन भएको पर्यटनका अभ्यास र संभावनाहरू विषयक छलफल कार्यव्रmम अत्यन्तै उत्साहजनक रह्यो । यही बैशाख १९ गते अपरान्हदेखि साँझसम्म बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा राखिएको सो कार्यक्रममा बुटवलको पर्यटन प्रवद्र्धन क्षेत्रको विस्तार एवं बृद्धिका संभावनायुक्त अवसरहरूका विषयमा बृहद मन्थन भयो । बुटवलमा पर्यटनका अवसर र चुनौतीहरूका विषयमा साङ्गोपाङ्ग छलफलको थियो । बुटवल नगरी तथा आसपासका लब्ध प्रतिष्ठित व्यक्तिहरू र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई सहभागी बनाई आयोजक संस्था बुटवल टुडे प्रकाशनले राखेको कार्यक्रम निकै फलदायी रह्यो । सहभागीहरूले विभिन्न जटिल तथा गंभीर समस्याहरूलाई केस्रा केस्र केलाएर र एक आपसमा अनुभवहरू आदानप्रदान गरे । बुटवलवासीहरूले बुटवलको पर्यटन प्रबद्र्धनमा जिम्मेवार नागरिकहरूले सकृयता देखाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए । यहाँको पर्यटन प्रर्वद्धनमा उदासीनता देखाइनु भनेको विकासका सवालमा बुटवललाई पछि पार्न हुनेछ जुन आफै प्रत्युत्यादक हुने महसुस सबैले गर्नुपर्दछ भन्ने छलफलमा सहभागीहरूको निचोड थियो ।

बुटवललाई आर्थिक, सामाजिक, व्यापारिक, औद्योगिक, शैक्षिक, स्वास्थ्य सम्वन्धी हरेक क्षेत्रमा उन्नत र रमणीय नगरीको रूपमा लैजान पर्यटन क्षेत्रले टेवा दिने सत्यताप्रति सहभागीहरूको स्वीकारोक्ति रह्यो । यसको निम्ति पर्यटकहरूलाइ लामो समयसम्म बुटवलमा वसालेर यहाँबाट विभिन्न जिल्लाका तथा विभिन्न स्थानका दर्शनीय स्थलहरूसम्म सजिलैसित आउजाउ गर्न सुविधा दिने खालका होटल, रेष्टुरेन्ट, होमस्टेहरूको सञ्चालन तथा विस्तारमा बल पुग्ने गरी सेवा विस्तार गराउन स्थानीय सरकारले जोड दिनुपर्दछ भन्ने सहभागीहरूको मत थियो । बुटवलमा धेरै काम भएको छ । विकासका नयाँ नयाँ परियोजनाहरू थालिएका छन् । बाटाघाटा शहरी क्षेत्र अनुकुल फराकिला बनिरहेका छन । तिनाउ नदीमा बाँध बाँधेर ग्रामीण वस्तीहरूमा सिँचाइ सुविधा पु–याउने, नहर, कुलोको प्रबन्ध पहिल्यैदेखि रहदै आएको छ । यसलाई पर्यटकीय दृष्टिबाट समेत उपयोगी बनाउन थप के कस्ता परियोजनाहरू संचालन गरेर सुनमा सुगन्ध ल्याउन सकिन्छ ? भन्ने जस्ता कुरा पनि सुन्न पाइयो जुन प्रश्नहरू गम्भीरताका साथ विचार गर्न लायक थिए ।

बुटवललाई आधुनिक शहरका रूपमा विकास गर्नुपर्छ । बुटवलवासीहरू समयको माग अनुसार चल्न अभ्यस्त हुनुपर्छ । नेपालको इतिहासका पानामा स्वर्ण अक्षरले अंकित हाम्रो बुटवल राम्रो त छदैछ, अझै यसमा फुलबुट्टा भरेर सुनमा सुगन्ध भर्ने सबै बुटवलवासीका आन्तरिक इच्छा तथा भावनाहरू अनवरत रूपमा प्रष्फुटन भैरहुन् । सबैको मनोकांक्षा यही बुझिन्थ्यो । बुटवलले ज्ञान विज्ञान, प्रविधि आदि सबै क्षेत्रमा लगातार प्रगति गर्दै जानुपर्छ । बुटवलका घर घरलाई विकासको दिशामा सक्रिय सहभागी बनाउने संस्कारको विकास गर्नुपर्छ । श्रम, साधन, प्रविधि तथा पुँजीको लगानीका फाँटहरू विस्तार हुदै जानुपर्छ । रामापिथेकसले प्रमाणित गरेको यस भूभागको प्राग ऐतिहासिक महत्वमाथि उजीरसिंहको नेतृत्वमा हाम्रा पुर्खाहरूले अंगे्रज साम्रज्यवादीहरूको नेपाल निल्ने विस्तारवादी आकांक्षालाई धुलो चटाएर उत्कृष्ट प्रयासहरूद्वारा यसलाई जोगाइराखे भने सही नीति सही व्यवहार असल आचरण र कर्तव्यवोधको चेतनाले बुटवल जाग्नुपर्छ । औद्योगिक क्षेत्रको विस्तार होस् । नयाँ नयाँ कल कारखानाहरू खुलून ।

रोजगारका अवसरहरू विकसित हुदै जाउन् । व्यापार फस्टियोस्, पछौटेपनाका दुःख तथा कठिनाईहरूबाट सबै बुटवलवासीले पार पाउन् । यस क्षेत्रमा वसोवास गर्ने सबै जातजातिका जन समुदायहरूको आ–आफ्नो मौलिक धर्म।, कला संस्कृति र साहित्यले प्रष्फूटित हुने मौका पाओस् । जनतामा पारस्परिक एकता एवं पारस्परिक विश्वास जागोस् । आस्था र विश्वासका आधारमा अनावश्यक कलह र इष्र्या तथा द्वेषले स्थान नपाओस् । सामाजिक सन्तुलन एवं शान्ति सुरक्षा सुढृढ बनोस् । उजिरसिंह जीतगढीको महत्व आन्तरिक तथा बाह्य पर्यटनले व्यापकता पाओस् । जनता महंगीको मारमा नपरुन् । प्रशासनिक अन्यायमा नपरुन । सटरमा भाडा दिनेहरूले वर्षैपिच्छे सटरको भाडा बढाएर व्यापारीहरूलाई हतोत्साहित गर्ने र नगरपालिकाले पाईला पाईलामा कर थोपरेर र कर बृद्धि गरेर व्यवसायबाट पलायन भइ विदेश भाग्नुपर्ने परिस्थिति ननिम्त्याइयोस आदि विषयहरूमा व्यापक चर्चा परिचर्चा भइरहँदा सहभागीहरूबाट कार्यक्रम अत्यन्तै फलदायी भएको चर्चा सुनिन्थ्यो ।

बुटवल टुडेले यस अघिपनि यस्ता कार्यक्रमहरू पटक पटक राख्दै आएको छ । अघिल्ला कार्यक्रमहरूमा जस्तै यस पटकको कार्यक्रममा पनि समग्र बुटवल बजार वरपरका परिदृश्यहरू जितगढी तथा नुवाकोट, वसन्तपुर एवं गुरुडडाँडाका पर्वतीय शोभा र फूलवारीको शोभनीय दृश्यलाई उतारेको दृश्यचित्रले दर्शकहरूलाई भरपूर आनन्दका साथै विकासको चेतना जगाउनमा सघाउ पु¥याएको अनुभव हुन्थ्यो । त्यसो त पर्यटन विकासले जनताको विकासमा सुधार ल्याउन धेरै मद्दत पु¥याउँछ । तर यसो भन्दैमा एकहोरो रूपले पर्यटनमा मात्र ध्यान दिएर समाजका अन्य क्षेत्रहरूलाई उचित प्राथमिकता दिइएन भने त्यसको फल प्रत्युत्पादक पनि हुन सक्दछ । आशातित उपलब्धी हासिल नहुन पनि सक्दछ । केही पर्यटकहरू भित्रिएसंगै उनीहरूले बोकेका कुसंस्कारहरूपनि साथसाथै आउन सक्ने संभावनाबाट भने हामी बुटवलवासी कहिल्यै पनि वेखवर हुनुहुँदैन ।

यसको ताजा उदाहरण केही दिन अगाडि पश्चिम तराइको टीकपुरतिर पचासौको संख्यामा युरोपतिरबाट आएका हिप्पीहरूले हप्तौंदेखि जगंलमा बसेर छाडा तथा अप्राकृतिकजन्य कृयाकलापमा रमाइरहको दृश्य त्यहाँका स्थानीयवासीहरूले देखेपछि प्रशासनलाई गुहारी उनीहरूलाई नियन्त्रणमा लिएर उनीहरूको देश फिर्ता पठाएको समाचार आएको थियो । त्यही घटना यहाँपनि नदोहोरिएला भन्न सकिन्न । खुल्ला समाजबाट आएका खत्तम दर्जाका चरित्रहीन घुमन्तेहरूले हाम्रो समाजको मौलिक सभ्यता र संस्कृतिमाथि धावा बोली हाम्रो अस्तित्व, हाम्रो सत्ता र हाम्रो संस्कार एवं परम्परालाइ विटुल्याउन भने नसकून । यसतर्फ हाम्रो सजगता अनिवार्य छ । नेपाली समाजको परम्पराजन्य गरिमालाई हामीले डलर या अरू कुनै मुद्रासित साटेर बिटुलो पार्न भने हुदैन । भलै आर्थिक रूपमा हामी पछाडि छौं । गरिब छौ तर हामी प्राचीन तथा विकसित सभ्यताका उत्तराधिकारी छौ । यस तथ्यलाई बुटवलबासीहरूले सदाकाल ह्ृदयंगम गरेर मात्र अर्थोपार्जनका गतिविधिहरू अवलम्वन गर्नुपर्दछ ।

गम्भीर दार्शनिक चिन्तन गर्ने महान् तपस्वीहरू कपिलमुनि गौतमबुद्ध, महर्षी पाणिनी जस्ता बिचारक र विद्वानहरू हाम्रा प्रेरणाका श्रोत हुन् । यस्ता गौरवशाली पुर्खाहरूको लिगेसी विरासत बोकेको बुटवल र यसको सेरोफेरो सिद्धबाबाधाम जत्तिकै पवित्र र तिलोत्तमा नदीको कञ्चन प्रवाह जस्तै शुद्ध र स्वस्थ्य हुनुपर्दछ । अव्यस्थित वसोवास, नदी किनारमा फोहोर मलमूत्रको रास थुपारेर राम्रो दर्जाका पर्यटकहरूलाई बुटवलमा वस्न मन नलाग्ने परिस्थिति सिर्जना नहोस् । यसतर्फ पनि हाम्रो ध्यान जानैपर्दछ । बुटवलको गौरवशाली अस्तित्वलाई जगेर्ना गर्दै आधुनिक विकासको मूल प्रवाहमा समन्वित हुनुपर्दछ । हामी बुटवलवासीहरूको पर्यटनका विकास यही उद्देश्य प्रगतिको निम्ति हुनुपर्छ ।

पञ्चशीलताका प्रवर्तक महामानव बुद्धलाई जन्मदिने कपिलवस्तुको सेरोफेरोमा रहेको बुटवलले प्राणीप्रतिको दयामाया, स्नेह, सद्भाव, सहअस्तित्व र क्षमाशीलतालाई डलरको लोभमा ओझेलमा पर्न नदिएर शुद्ध सेवा दिएर पैसा आर्जन गर्ने जुक्ति बुद्धि निकाल्नु पर्दछ । बुटवल नगरीका वासिन्दाहरूले राजनीति या व्यावसायिक प्रतिस्पर्धामाथि कलंक लाग्ने पारस्परिक विरोध, अनावश्यक गुटवन्दी, सामाजिक विभेद, दुःखदायी इष्र्या तथा जनतालाई नैतिकताको बाटोबाट विथोलेर डलर या पैसाको मायाजालमा अतीतलाई धमिलो पार्ने काम बुटवलवासीबाट हुनुहुदैन र नहोस् । यसतर्फ सबैले एकमना बनेर कार्य सम्पादन गर्नुपर्दछ । प्रमुख अतिथिको आसनबाट गरिएको नगर प्रमुखको सारगर्भित भाषण र नगर उपप्रमुखको समापन भाषणमा पनि यस्तै उदगारहरू प्रकट गरिनु र यही लक्ष्य प्राप्तिको निम्ति सबैसित सहयोगको आग्रह गरिनुले कार्यक्रमको महत्ता आफै प्रष्ट हुन्थ्यो । जय बुटवल । जय बुटवलवासी ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?