ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

घरेलु कार्यालयद्वारा गुल्मीमा गुडखुदो उद्योगको अनुगमन

२४ बैशाख २०८२, बुधबार
२४ बैशाख २०८२, बुधबार

गुल्मी, २४ बैशाख ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लाको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा गुड र खुदो उद्योगहरूको अनुगमन गरेको छ । कार्यालयको नियमित बजार अनुगमन कार्यक्रम अन्तरगत रुरुक्षेत्र गाउँपालिका –३ स्थीत थोर्गा र छत्रकोट गाउँपालिका –३ को हर्दिनेटामा उक्त अनुगमन गरिएको हो ।

कार्यालयले उत्पादकहरूले उद्योगमा उत्पादित खाद्य सामग्रिहरू उपभोक्ताहरूमा कसरी पुराउछन, उत्पादित सामग्रिहरू कति गुणस्तरयुक्त छन, उद्योगहरूको अबस्था कस्तो छ, उद्योग व्यावसायी तथा उपभोक्ताहरूको समस्या र गुनासाहरू केकस्ता रहेका छन भन्ने विषयमा प्रत्यक्ष रूपमा जानकारी लिने उद्देश्यले उक्त स्थलगत अनुगमन गरिएको जनाएको छ ।

अनुगमनको क्रममा रुरुक्षेत्र –३ स्थीत थोर्गामा रहेका दश वटा गुडखुदो उद्योग र छत्रकोट गाउँपालिका –३ अन्तरगत हर्दिनेटामा रहेका दुइ वटा गुडखुदो उद्योगहरूको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजिव अर्यालले बताए । कार्यालय प्रमुख अर्यालका अनुसार अनुगमनको क्रममा बिक्रि स्थलमा मूल्य सूचि र साइनबोर्ड नभएको, खरिद बिक्री बिल नभएको, खाद्य अनुज्ञा पत्र नभएको, सरसफाईमा ध्यान नदिएको भेटिएको थियो ।

अनुगमनको क्रममा गुडखुदो उद्योग व्यावसायीहरूलाई उद्देश्य बमोजिम काम गर्न, उद्योगमा मुल्य सूचि र साइनबोर्ड सबैले देखिने गरि राख्न, अनिबार्य रूपमा खरिद बिक्री बिल प्रयोग गर्न, खाद्य अनुज्ञा पत्र लियर मात्र काम गर्न एवं सरसफाईमा ध्यान पुर्याउन समितिले सुझाव दिएको छ ।

अनुगमनको क्रममा उद्यमीहरूले उखु पेल्ने मेसिन,.खुदो गुड पकाउने कराइ तथा भाडाकुँडा, उखु गुड सम्वन्धि कृषकहरूलाई आवश्यक तालिम, उद्योगका लागि ट्रस, इलेक्ट्रिक काटा एवं सहुलियत कर्जा लगायत प्रबिधि तथा अनुदान उपलब्ध गराउन माग गरेका थिए । अनुगमनका लागि कार्यालय प्रमुखसँगै छत्रकोट गाउँपालिका –३ का वडाध्यक्ष तेजकान्त अर्याल, जिल्ला समन्वय समितिबाट डिल बहादुर थापा, घरेलु कार्यालयबाट जीवन घिमिरे, त्रिबिक्रम ज्ञवाली तथा, रुरुक्षेत्र गाउँपालिकाबाट मदन पौड्याल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?