Butwal Today

एसएसपी रमेश थापा नेपाल प्रहरीको नयाँ प्रवक्ता नियुक्त

२४ बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाडौं ।

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ। प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थापालाई जनसरोकारका विषयमा सञ्चारमाध्यमसँग समन्वय गर्ने जिम्मा दिइएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीले सम्पादित गरेका कार्यहरूलाई यथार्थ र तथ्यमा आधारित जानकारीका साथ सार्वजनिक गर्न थापालाई प्रवक्ता नियुक्त गरिएको हो।   थापासँग सम्पर्क गर्न मोबाइल नम्बर ९८५१२९२१११ वा इमेल [email protected] प्रयोग गर्न सकिने सचिवालयले जनाएको छ।