Butwal Today

सुनको भाउ ३५ सय रुपैयाँले बढ्यो

२३ बैशाख २०८२, मंगलवार
अ+
अ-

काठमाडौं,२३ वैशाख।

नेपाली बजारमा सुनको मूल्यले फेरि इतिहास दोहोर्‍याएको छ । सोमबार ५ सय रुपैयाँले बढेको सुन, मंगलबार भने एकैचोटि ५ हजार ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा हेर्दा सुनको भाउमा उल्लेख्य वृद्धि भएको देखिन्छ । सोमबार यो दर १ लाख ८४ हजार ६ सय रुपैयाँ थियो । बजार विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र लगानीकर्ताको विश्वास सुनतर्फ मोडिँदा मूल्यमा यस्तो उछाल आएको हो ।

सुनसँगै चाँदी पनि पछि परेन । सोमबार तोलाको १ हजार ९१० रुपैयाँ रहेको चाँदी, मंगलबार ५५ रुपैयाँले बढेर १ हजार ९६५ रुपैयाँ पुगेको छ ।