Butwal Today

राष्ट्र बैंकले जारी गर्‍यो नयाँ विनिमय दर, कुन मुद्रा कति महँगो?

२३ बैशाख २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ,२३ वैशाख ।

नेपाल राष्ट्र बैंकले २३ वैशाखका लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा रहेको छ। युरोपियन युरोको एकको खरिददर १५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ भने युके पाउन्ड स्ट्रर्लिङको खरिददर १७९ रुपैयाँ १५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्कको खरिददर १६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६४ रुपैयाँ २० पैसा तोकिएको छ।

यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६७ पैसा रहेको छ भने क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८८ पैसा छ। सिङ्गापुर डलरको दर क्रमशः १०४ रुपैयाँ ३७ पैसा र १०४ रुपैयाँ ८४ पैसा छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ भने चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा रहेको छ। साउदी अरेबियन रियालको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा रहेको छ भने कतारी रियालको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०७ पैसा छ।

त्यस्तै, थाई भाटको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिरामको खरिददर ३६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८२ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा, स्वीडिस क्रोनरको खरिददर १३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४ रुपैयाँ ०४ पैसा र डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा कायम गरिएको छ।

हङ्कङ डलरको खरिददर १७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७ रुपैयाँ ४३ पैसा, कुवेती दिनारको खरिददर ४३८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४४० रुपैयाँ ७३ पैसा, बहराइन दिनारको खरिददर ३५६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ३६ पैसा तथा ओमनी रियालको खरिददर ३४९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ९४ पैसा रहेको छ।

नेपालमा भारतीय रुपैयाँ १०० को विनिमयदर खरिदका लागि १६० रुपैयाँ र बिक्रीका लागि १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने खुला बजारका आधारमा फरक हुन सक्ने र सबै अद्यावधिक दरहरू राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने जानकारी दिएको छ।