© २०२३
नेपालगञ्ज, २३ बैशाख ।
खहरे खोलाको बाढीले बाँकेको राप्ती सोनारी –१ बसेरीमा लगाइएको मकैबालीमा क्षति गरेको छ । मंगलबार बिहान बाँकेको कुसुम भन्दा उत्तर तर्फको चुरे क्षेत्रमा केही घण्टा परेको बर्षका कारण तिलकन्या र बसेरी खोलामा आएको बाढीले करिब ११ बिघा क्षेत्रफलमा लगाईको मकैबालीमा क्षेति गरेको हो ।
तिलकन्या र बसेरी खोलाको मिलन बिन्दुमा बनाईएको कच्ची ड्याम एक्कासी बाढीले बगाउँदा दुबै खोलाले बगाएर ल्याएको ढुङ्गा र बालुवासहितको गेगर माटो मकैबारीमा थुप्रीएको स्थानीय कृषक गंगाधर खत्रीले जानकारी दिए । पानी परेको केही क्षणमै खोलामा बाढी आयो–खत्रीले भने, ‘हेर्दा हेर्दै मकैबारीमा बाढी पसेर क्षेती ग¥यो, करिब आधा घण्टामै खोला सुक्यो ।’ खोलामा आएको बाढीले तयार हुन थालेको बसन्ते मकै र भर्खरै उम्रदै गरेको बर्खे मकै बालीमा क्षति गरेको कृषक खत्रीले बताए । बाढीले बसेरी खोलाको आसपासमा खेती गरेका स्थानीय गंगाधर खत्री, श्यामलाल विक, विर वहादुर वली, तारा प्रसाद दसौती, राम बहादुर दसौती, दिल बहादुर वली, दिलिप कुमार पौडेल , घनश्याम खड्का, लगयातका किसानहरुको करिब ११ विगाह जमिनमा लागएको मकै बालीमा क्षति गरेको राप्ती सोनारी–१ का वडा अध्यक्ष यम बहादुर खड्काले जानकरी दिए । बाढी आएको स्थानमा ढिलो पुगेका वडा अध्यक्ष खड्काले बाढीले मकैबारीमा मात्र नभएर खेती योग्य केही क्षेत्रफल जमिनमा समेत क्षेति पु¥याएको जानकारी दिए ।
बाढी आएको तिलकन्या र बसेरी खोलाको मिलन बिन्दुमा ड्याम मर्मतकालागि वडाले एक लाख ५० हजार बजेट छुट्याएर टेन्डर भइसकेको वडा अध्यक्ष खड्काले बातए । उनले भने –‘पर्सी बैशाख २५ गतेदेखि काम सुरु गर्ने तयारी थियो, आज नै बाढी आएर क्षति गरिसक्यो ।’ ड्याममा धेरै क्षति भइसकेकाले छुट्याईएको बजेटले मर्मत गर्न नपुग्ने बताउँदै उनले भने –पहिले नै मर्मत गरेको भए डेढ लाखले पुगिहाल्थ्यो अब मर्मतका लागि करिब चार लाख आवश्यक पर्ने देखियो ।‘ पक्की टतबन्ध निर्माणकालागि बजेट धेरै लाग्ने भएकाले वडाले सिमित बजेटमा प्रत्येक वर्ष ड्याम मर्मत मात्र गर्दै आएको वडा अध्यक्षको भनाई छ । बाढीका करण ड्याम मर्मतको काम अब केही दिन पछि मात्र सुरु गर्न सकिने वडा अध्यक्ष खड्काले बताए । पाथीभरा र सुनधारा सामुदायिक बन क्षेत्रको , चुरे पहाडमा परेको बर्षाका कारण ती दुई खोलामा खोलामा बाढी आउने गरेको स्थानीयले बताएकाछन् । बर्षातको समय आउँनै लाग्दा तत्काल उक्त ड्यामको मर्मत नगरिए बसेरी, बक्सहवा गाउँ नै डुब्ने खतरा रहेको स्थानीयहरुको भनाई छ ।
