ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बाल संगठन कपिलवस्तुमा पुनः ज्ञवाली

२३ बैशाख २०८२, मंगलवार
२३ बैशाख २०८२, मंगलवार

कपिलवस्तु, २३ बैशाख ।
नेपाल बाल संगठन कपिलवस्तुको सभापतिमा पुनः गोपालमणी ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । कपिलवस्तु बाल गृह तौलिहवामा आयोजित नेपाल बाल संगठन कपिलवस्तुको जिल्ला सभा तथा अधिवेशनले चार बर्षे कार्यअवधिका लागी ज्ञवालीको नेतृत्वमा ८ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित गरेको हो । ज्ञवाली सभापतित्वको समिति सदस्यहरुमा श्याम प्रकाश प्रजापती, मोहम्मद वसिम मुसलमान, कृष्ण सापकोटा, प्रेमकला थापा (रेणु), निर्मला न्यौपाने, धिरज कुमार गुप्ता र राम भजन कलवार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत जीवनाथ मरासिनीले जानकारी दिए । निर्वाचित समितिको पहिलो बैठकले अध्यक्षको प्रस्तावमा २ जना सदस्य मनोनयन गर्नेछ । सो पश्चात समिति बैठकले उपसभापति, सचिव र कोषाध्यक्ष चयन गर्ने जनाइएको छ । सभापति पदमा पुनः निर्विरोध निर्वाचित ज्ञवालीले नेपाल बाल संगठन कपिलवस्तुलाई श्रोतयुक्त बनाउन आवश्यक रहेको अत्याधुनिक छात्रावास निर्माणको कार्यलाई प्राथमिकतामा राखेको बताए ।


यस अघि आयोजित उद्घाटन सत्रको कार्यक्रममा बोल्दै नेपाल बाल संगठनकी कन्द्रीय अध्यक्ष बिद्या उपाध्याय न्यौपानेले बालबालिकालाई आफ्नो मौलिकता र सभ्यतासँग जोड्न सक्नु पर्ने बताइन । बालबालिका सुरक्षित रहे देश सुरक्षित रहने उनको भनाई थियो । वर्तमान समितिले रचनात्मक कार्यहरु गरेको भन्दै जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले प्रशंसा गरे । आफुले सदैव बाल गृहका लागि सकारात्मक सहयोग गर्दै आएको जनाउदै बाल गृहका लागि आवश्यक देखिएको छात्रावास निर्माणमा पहलकदमीका लागी सबैको सहयोग आवश्यक रहेको पुर्व प्रदेश राज्य मन्त्री रिना बिकले बताइन ।

बाल गृहको समितिले श्रोत साधनको व्यवस्थापन गरि बालकहरूको भविष्य निर्माणका लागी निरन्तर खटिने कार्य प्रशंसनीय रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्गले बताए । सो अवसरमा नेपाल बाल संगठन जिल्ला कार्य समिति कपिलवस्तुका सचिव श्याम प्रकाश प्रजापतिले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसै गरि कोषाध्यक्ष मोहम्मद वसिम मुसलमानले गत आर्थिक वर्ष २०८०/८१ को १ करोड ४ लाख ७ हजार १ सय २२ रुपैयाँ बराबरको र चालु आवको माघ मसान्तसम्मको ५८ लाख ७८ हजार ३ सय ४१ रुपैया बराबरको आय व्यय विवरण प्रस्तुत गरे । बाल गृहको स्थायित्वका लागि दिगो श्रोत व्यवस्थापनमा पहलकदमी आवश्यक रहेकोमा केन्द्रीय सदस्य साजन भण्डारी, संगठनका जिल्ला उपाध्यक्ष श्यामलाल सुवेदी, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, नेपाल पत्रकार महासंघका कार्यवाहक शाखा अध्यक्ष खग प्रसाद चापागाई लगायतले जोड् दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?