© २०२३
बाँके, २३ बैशाख ।
जिल्लाको सिक्टा सिंचाई आयोजनाको करिब २० बर्ष पहिलेदेखि निर्माण शुरु भएको सिंचाई आयोजना हो । सरकारले ८ अर्ब लगानीमा निर्माण काम शुरु गरेको थियो । आर्थिक बर्ष २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको लागत ५२ अर्ब ८९ करोड रूपैयाँ रहेको छ । सरकारले बर्षेनि अर्बौंको बजेटमा निमार्ण गरिरहेको छ तर किसानको खेतसम्म पु¥याउन सकेको छैन । मुख्य नहर निमार्ण केही मात्रमा भएपनि शाखा नहर नबन्दा किसानहरू आकाशकै पानीको भरमा खेती गरिरहेका छन् । सिक्टा सिंचाईको पानी नरैनापुर गाउँपालिकामा पुर्याउनका लागि काम भैरहेको छ । सिक्टा नहरको पानी नरैनापुरमा पुग्ने खबरले नरैनापुरका मानिसहरू आशामा बसेका छन् । नरैनापुर गाँउपालिकामा खेतीयोग्य जमिन भएको कारणले सिक्टा नहरको पानी आउने आश्वासनमा मात्रै सिमित रहने हो? अर्को प्रश्न पनि उठ्ने गरेको छ । सिक्टाको मुख्य नहर ४२ किलोमिटर सम्पन्न भएको छ । नरैनापुर जाने सिक्टाको शाखा नहरको काम निमार्णका चरणमो रहेको सिक्टा सिंचाई आयोजनाका आयोजना प्रमुख राजु आचार्यले बताए ।
अहिले सिक्टा नहरमा ११ वटा शाखाहरू विस्तार कार्यय भैरहेको छ जसमा ६ वटा लिफ्ट नहरहरू रहेका छन् । शाखा नहरहरूलाई समुहमा विभाजन गरेर काम गरिरहेको छौं, जस मध्ये ११ वटामा एस वन र एस टु को काम भैरहेको आयोजना निर्देशक आर्चायले बताए । गुरुवा गाउँ अन्तर्गत ३६ करोडको लागतमा काम सम्पन्न भैरहेको पनि बताए । सिक्टा नहर अन्तर्गत पर्ने डुडुवा नहरको २ अर्ब बजेट विनियोजित गरेर काम अगाडि बढाउने भएको छ । सिक्टा भन्दा पहिला निर्माण भएका तर प्रयोगमा नआएको डुडुवा नहरलाई पुन निर्माण गर्नका लागि बजेट छुट्याइएको निर्देशक आर्चायले बताए ।
डुडुवा नहर वरिपरि वातावारण प्रदुषण धेरै भएको कारणले एक अर्व ५५ करोड छुट्याइएको छ, जुन बातावारण सरसफाईका लागि खर्च गरिने छ । अरू बर्ष भन्दा यो बर्षको अनुपातमा बजेट बढी भएपनि मुवाब्जा लिनका लागि जग्गा धनी आएका छैनन् । समयमै मुवाब्जा लिन नआए बजेट फिर्ता हुन्छ र जग्गा धनीहरूलाई मुवाब्जा लिन समय लाग्ने हुन्छ ।
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिंचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ मा आयोजना निर्माण सुरू गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, सिधनिया शाखामा १ हजार हेक्टर र पूर्वी मूल नहरतर्फ ४ हजार हेक्टर गरी २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी सन्देश पौडेलले जानकारी दिए ।
आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँकेको राप्ती नदी पश्चिम भेगको ३३ हजार ७ सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्व भेगको करिब ९ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने लक्ष्य छ । सूचना अधिकारी पौडेलले भने, ‘आयोजना सुरू भएदेखि हालसम्म भौतिक प्रगति ४०.२२ प्रतिशत र वित्तीय प्रगति ३९.३८ प्रतिशत रहेको छ ।’
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयोजनाले पुँजीगततर्फ विनियोजित बजेटको ४०.१० प्रतिशत वित्तीय प्रगति गरेको छ । विनियोजित ७५ करोड ४८ लाखमध्ये फागुन मसान्तसम्म ३० करोड २६ लाख ३२ हजार रूपैयाँ खर्च भएको पौडेलले बताए । ‘चालु आवमा आयोजनाको पूर्वी मूल नहरको बाँकी काम गर्न ठेक्का व्यवस्थापनका लागि तयारी हुँदैछ,’ सूचना अधिकारी पौडेलले भने, ‘पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरुवा र गोहवा शाखाको ठेक्का सम्झौता भइ निर्माण सुरू गर्ने तयारी भएको छ ।’
गुरुवागाउँ शाखाअन्तर्गत नहर निर्माण, जग्गा अधिग्रहणसम्बन्धी काम र अन्य शाखाको ठेक्का व्यवस्थापनलगायत तयारीको काम पनि चालु आवभित्रै सुरू हुने आयोजना कार्यालयले जनाएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी जिल्लाको खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पु¥याउन आयोजना निर्माण गरिएको छ ।