© 2026
काठमाडौँ ।
उदयपुरको कटारी नगरपालिका–८, फूलबारीमा चट्याङ लागेर एक १३ वर्षीय बालकको ज्यान गएको छ। मृत्यु हुने बालकको परिचय चित्रबहादुर वलम्पाकी मगरका रूपमा खुलेको छ। वडाध्यक्ष नवीन तामाङका अनुसार, बालक हिजो दिउँसो बाख्रा चराउन गएका थिए तर साँझसम्म घर नफर्किएपछि खोजी गर्दा चट्याङ लागेको अवस्थामा ढलेकाे अवस्थामा फेला परेका थिए।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ। घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ।