© 2026
गुल्मी, २३ वैशाख ।
गुल्मीमा एक जना क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । रेसुंगा नगरपालिका वडा नं.८ की क्यान्सर पीडित लक्ष्मी थापालाई रु ४५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । परिवारको आर्थिक अवस्था कमजोर भएपछि थापाले उपचारका लागि आर्थिक सहयोगको लागि आग्रह गरेकी थिइन ।
चेम्बर अफ कमर्श गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले क्यान्सर पीडित थापाका बुबा मन बहादुर गाहालाई रु ४५ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका हुन। क्यान्सरको उपचार अत्यन्तै महंगो पर्न जाने भएकाले थोरै भए पनि राहत होस् भन्ने उद्देश्यका साथ क्यान्सर पीडित थापाको उपचारका लागि आर्थिक सहयोग गरेको पाण्डेयले बताए। परिवारजनले क्यान्सर पीडित थापाको उपचारमा आर्थिक सहयोगका लागि आग्रह गरेका थिए।
क्यान्सर पीडित लक्ष्मी बचाउ अभीयान सहयोगार्थ अभियान अन्तरगत उक्त रकम संकलन गरिएको सहयोग संकलन अभियानका सदस्य राजु पाण्डेले बताएका छन् ।