ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो

गुल्मीदरबारमा आधारभूत अस्पताल

२३ बैशाख २०८२, मंगलवार
२३ बैशाख २०८२, मंगलवार

गुल्मी, २३ वैशाख ।
गुल्मीदरबार गाउँपालिकाले १५ शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । जिल्लामा १५ शैयाको अस्पताल सञ्चालन गर्ने गुल्मीदरबार जिल्लामै पहिलो स्थानीय तह बनेको छ । संघीय सरकारको वजेटमा निर्माण भएको अस्पताल स्थानीय तहलाई हस्तान्तरण गरेपछि पालिकाले अस्पताल सञ्चालनमा ल्याएको हो । उक्त अस्पताल संघीय सरकारको रु. १३ करोड ६८ लाख लागतमा निर्माण सम्पन्न भएको हो । २०७८ असार २५ गते बिकोई अर्जुन न्युलिजा गुल्मीले अस्पताल निर्माणको जिम्मा लिएको थियो । अस्पताल निर्माण कार्य समयमा सम्पन्न भएपनि पालिकाले आर्थिक स्रोतको अभावमा करिब दुई वर्षपछि मात्र अस्पताल सञ्चालनमा ल्याएको हो ।

आधारभूत अस्पतालको सोमबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरेका छन । मन्त्री कार्कीले प्रदेश सरकारले जिल्लामा निर्माण भएका आधारभूत अस्पतालका लागि ठूलो जनशक्ति चाहिने भन्दै त्यसका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रममा केही योजना बनाउने बताए । उनले पालिकाको आयस्रोत कमजोर भएको र प्रदेशको बजेट पनि कमजोर भएको भन्दै त्यसकालािग पालिका र प्रदेश सरकारले समन्वय गरेर अघि बढ्ने जानकारी गराए । मन्त्री कार्कीले अस्पताल निर्माण भएसँगै कुनै पनि नागरिक स्वास्थ्यको पहुँच भन्दा बाहिर नजाने र गाउँमै सहज र सरल रूपमा सेवा पाउने विश्वास व्यक्त गरेका छन् ।

आधारभूत अस्पतालका लागि तीन जना एमबीबीएस डाक्टर सहित ३२ जनाको दरबन्दी भए पनि गाउँपालिकाले आफ्नै पहलमा एक जना एमबीबीएस डाक्टर सहित १२ जना स्वास्थ्यकर्मी परिचालन गरि अस्पतालमा सेवा सञ्चालनमा ल्याएको हो । जिल्लामा निर्माण शुरु गरिएका र सम्पन्न भएका अस्पतालहरू मध्य सबैभन्दा ठूलो संरचना र सबै भन्दा पहिले अस्पताल सञ्चालनमा याई सेवा सुचारु गर्ने गुल्मीको पहिलो पालिका भएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताए ।

अस्पताल निर्माण भएपछि स्थानीयको स्वास्थ्यमा पहुँच बढ्नुका साथै गाउँमै राम्रो स्वास्थ्य सुविधा पाउने भएपछि त्यस क्षेत्रका नागरिक पनि खुसी भएका छन् । अस्पताल सञ्चालनमा आएपनि स्थानीय तहमा त्यसको सञ्चालनका लागि आवश्यक स्रोत साधन नहुँदा पालिकालाई थप व्ययभार बढ्ने होकी भन्ने चिन्ता थपिएको अध्यक्ष थापाले बताए । आधारभूत अस्पतालमा दैनिक २४ सै घण्टा दक्ष चिकित्सकहरूबाट निःशुल्क रूपमा बिरामीहरूको चेकजाँच, निःशुल्क रूपमा प्रसुती सेवा, सहुलियत दरमा प्रयोगशाला सेवा लगायतका अस्पतालबाट उपलब्धहुने सबै प्रकारका सेवाहरू प्रवाह गरिने स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिए ।

जिल्लामा निर्माण शुरु गरिएका आधारभूत अस्पतालहरू मध्य सान्तिपुरमा अस्पताल निर्माणको काम सम्पन्न भएपनि सेवा सञ्चालनमा आईसकेको छैन भने अन्य पालिकाहरूमा भने निर्माणाधिन अवस्था रहेका छन । समयमै अस्पताल निर्माण सम्पन्न गरेपनि पालिकाबाट अझै ७४ लाख रूपैंया रकम भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायी विजय खनालले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?