ट्रेंडिंग:

>> २ लाख ९५ हजार नाघ्यो सुनको मूल्य, एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि >> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ

५० जनाको क्षमतामा १३५ कैदीबन्दीको कोचाकोच

पैतिस वर्ष पुरानो भवन जीर्ण भएकाले नयाँ भवन निर्माण गर्ने भन्दै रोल्पा नगरपालिका वडा नं. २ रेउघा नजिक जग्गा समेत व्यवस्थापन गरिसकिएको छ । स्थानीयहरूले कारागार भवन निर्माणका लागि १८ रोपनी जग्गा निःशुल्क रजिष्टेशन गरिदिएका थिए ।
२३ बैशाख २०८२, मंगलवार
२३ बैशाख २०८२, मंगलवार

वैशाख, २३ रोल्पा ।

क्षमता भन्दा करीब तेब्बर संख्यामा कैदीबन्दी रहँदा कारागार कार्यालय रोल्पाका कैदीहरूले सास्ती भोग्ने गरेका छन् । जम्मा ५० जनाको क्षमता रहेको रोल्पा कारागारमा हाल १३५ कैदी वन्दी रहेकाले उनीहरूले सास्ती भोग्नु परेको होे ।

पुरानो भवन रहेको कारागार कार्यालय रोल्पामा ३५ पुरुष र १५ महिला गरी ५० कैदीवन्दी राख्ने क्षमता रहेपनि उक्त कारागारमा हाल १२३ पुरुष र १२ महिला सहित १३५ कैदी वन्दी रहेका छन । पंचायतकालिन जीर्ण कारागारमा क्षमता भन्दा करिव तेव्वर कैदी वन्दी रहँदा उनीहरूको दैनिक जीवनयापन समेत प्रभावित हुने गरेको वताईन्छ । रोल्पामा कारागार शाखा २०२९ सालमा स्थापना भएपनि आफ्नै भवन नहुँदा लामो समय भाडाको घरमा संचालन भएको थियो । २०३९ सालमा १० रोपनी जग्गामा निर्माण भएको भवन निर्माण कम्पनीले २०४६ सालमा सरकारलाई हस्तान्तरण गरेको थियो ।

दुई वटा घेरामा रहेको रोल्पा कारागारको वाहिर प्रहरी व्यारेक छ भने भित्र महिला र पुरुष थुनुवा तथा कैदी राख्ने छुट्टा छुट्टै कोठा छन । सुरुमा ३५ जनाको क्षमता सहित निर्माण गरिएको कारागार भवन पछि ५० जना अट्ने गरी स्तरोन्नती गरिएको थियो । भवनमा जम्मा १० कोठा रहेका छन् । जसमा ८ कोठा पुरुष र २ कोठा महिला कैदी बन्दीहरूका लागि छुट्याएको जेलर यामलाल वलीले जानकारी दिए । एउटा कोठामा १५ देखी १९ जना सम्म कैदी वन्दी वस्नु पर्ने वाध्यता रहेको कारागार कार्यालय रोल्पाको भनाई छ । भवन अभावले कारागारको प्रशासनिक काम भने भाडाको घरवाट हुदै आएको छ । कारागार कार्यालय नजिकै रहेको घरमा कार्यालय संचालन गर्दै आएको सो कार्यालयले बघरभाडा वापत वार्षिक १ लाख २० हजार भाडा भुक्तान गर्दै आएको छ ।

लुम्विनी प्रदेशका तत्कालिन मुख्यमन्त्री कुलप्रसाद केसीको पहलमा २०७६ सालमा कारागार भवन मर्मतका लागि १० लाख रूपैयाँ उपलव्ध भएको र सोही बजेटवाट मर्मतको काम गरेर काम चलाउदै आएको जेलर वलीको भनाइ छ ।

पुरानो र जीर्ण कारागारलाई लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा मर्मतको काम गरेका छौ जेलर वलीले भने । पानी चुहिने छाना र सेन्ट्री पोष्टहरू मर्मत गर्नुका साथै कैदीवन्दीहरूका लागी २ कमन र प्रत्येक कोठामा एटेच ट्वाईलेटको व्यवस्था गरेका छौ वलीले भने ।

कारागारको सुरक्षाका लागी पर्खाल मर्मत तथा काँढेतारको समेत व्यवस्था गरेको छ । कारागार वनेको लामो समय भएकाले त्यसले अहिलेको आवश्यकता पुरा गर्न नसकेपनि आवश्यक श्रोत साधनको उपयोग गरेर प्रयोग योग्य वनाएको छौ जेलर वलीको भनाइ छ ।

क्षमता भन्दा निकै वढी कैदी बन्दी रहदा आफुहरूको दैनिकी निकै असहज भएको कैदी बन्दीहरूको भनाई छ । कारागारको भित्री खुला भागका साथै सुत्ने कोठामा समेत समस्या रहेको उनीहरूको भनाई छ । फिल्टर सहितको स्वच्छ पिउने पानी, चारैतिर सोलार वत्तीका साथै आवश्यकता अनुसार ईन्भटरको व्यवस्था हुनुपर्ने कैदी वन्दीहरूको भनाई छ । घरेलु सीपमुलक तालिमका साथै पुस्तकालय समेत संचालन हुनुपर्ने उनीहरूको भनाई छ । महिलाहरूले सिलाईकटाई तालिम लिन चाहेपनि कुनै व्यवस्था छैन ८७ वर्षिय कैदी गंगे खड्काले भने । आफुहरू जस्तो जेष्ठ व्यक्तिहरू दीर्घरोगी समेत भएकाले समय समयमा उपचारको व्यवस्था हुनु पर्ने खड्काको माग छ ।

पैतिस वर्ष पुरानो भवन जीर्ण भएकाले नयाँ भवन निर्माण गर्ने भन्दै रोल्पा नगरपालिका वडा नं. २ रेउघा नजिक जग्गा समेत व्यवस्थापन गरिसकिएको छ । स्थानीयहरूले कारागार भवन निर्माणका लागि १८ रोपनी जग्गा निःशुल्क रजिष्टेशन गरिदिएका थिए । यसैगरी सोही आसपासमा रहेको करिव ४ रोपनी नून थलो समेत साढे २२ रोपनी जग्गा उपलव्ध गराइएको वताइएको छ । कारागार भवन निर्माण गर्ने भन्दै केही वर्ष अघि लुम्बिनी प्रदेश सरकारले २५ लाख रूपैयाँ विनियोजन गरेको थियो । उक्त वजेटले घडेरी सम्याउने काम मात्रै भएको कारागार कार्यालय रोल्पाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?