ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

वडामा पारदर्शिता कायम गर्ने प्रतिवद्धता

२३ बैशाख २०८२, मंगलवार
२३ बैशाख २०८२, मंगलवार

बुटवल, २३ वैशाख ।

सूचनाको हकसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा एक विशेष अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको सहकार्यमा पब्लिक भ्वाईस नेपालले आयोजना गरेको कार्यक्रममा सूचनाको प्रवाह, सेवाप्रवाह र पारदर्शिता कायम गर्न सूचनाको हक कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बिष्णु ढकालले वडामा सुशासन र पारदर्शिता कायम गर्न आफूहरू सधैं प्रतिबद्ध रहेको बताए। उनले वडा नम्बर ३ बुटवलका उत्कृष्ट वडामध्ये एक भएको उल्लेख गर्दै नागरिकले पाउने सेवामा कुनै कमी नरहेको दाबी गरे। “हामीले नागरिकले खोजेको सूचना समयमै उपलब्ध गराउँदै आएका छौं। वडामा हालसम्म लुकाउनु पर्ने कुनै काम गरिएको छैन। हामी पारदर्शिता कायम गर्न प्रतिबद्ध छौं,” उनले भने।

कार्यक्रममा वडा सचिव गणेश न्यौपानेले वडाबाट नागरिकले प्राप्त गर्ने सेवा र सूचनाको पहुँचबारे जानकारी दिएका थिए। उनले नागरिकले जन्म, मृत्यु, बसोबास, नाता प्रमाणपत्र, सिफारिस, सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सहज रूपमा प्राप्त गर्दै आएको जानकारी गराए। साथै, सूचनाको प्रवाह पारदर्शी रहेको र नागरिकको जानकारीको अधिकारलाई वडाले सम्मान गर्दै आएको बताए।

पब्लिक भ्वाईस नेपालकी अध्यक्ष राधा बस्नेतले सूचनाको हक सम्बन्धी कानुनी प्रावधान, सूचना माग गर्ने प्रक्रिया र यसको प्रयोगले कसरी सुशासन र जवाफदेहिता प्रवद्र्धन गर्छ भन्ने विषयमा सहजीकरण गरेकि थिईन । उनले भनिन्, “सूचनाको हकको प्रभावकारी प्रयोगले भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्छ र नागरिक सचेत तथा सशक्त बन्छन्।”

कार्यक्रममा सोही वडाका निर्वाचित सदस्यहरू, टोल विकास संस्था, बाल संजाल, युवा संजाल, आमा समूह, एकल महिला समूह, अपाङ्गता, जेष्ठ नागरिक मंचलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले यस्ता जनचेतनामूलक अन्तक्र्रिया कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक रहेको विचार व्यक्त गरे। उनीहरूले सूचनाको हकको प्रभावकारी प्रयोगले भ्रष्टाचारमुक्त समाज निर्माणमा सकारात्मक योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?