ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

जिल्लाभरि नहरको योजना सिंचाई गर्न आकाशकै भर

२३ बैशाख २०८२, मंगलवार
२३ बैशाख २०८२, मंगलवार

बाँके, २३ बैशाख ।
जिल्लाको सिक्टा सिंचाई आयोजनाको करिब २० बर्ष पहिलेदेखि निर्माण शुरु भएको सिंचाई आयोजना हो । सरकारले ८ अर्ब लगानीमा निर्माण काम शुरु गरेको थियो । आर्थिक बर्ष २०८९/९०  मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको लागत ५२ अर्ब ८९ करोड रूपैयाँ रहेको छ । सरकारले बर्षेनि अर्बौंको बजेटमा निमार्ण गरिरहेको छ तर किसानको खेतसम्म पु¥याउन सकेको छैन । मुख्य नहर निमार्ण केही मात्रमा भएपनि शाखा नहर नबन्दा किसानहरू आकाशकै पानीको भरमा खेती गरिरहेका छन् । सिक्टा सिंचाईको पानी नरैनापुर गाउँपालिकामा पुर्याउनका लागि काम भैरहेको छ । सिक्टा नहरको पानी नरैनापुरमा पुग्ने खबरले नरैनापुरका मानिसहरू आशामा बसेका छन् । नरैनापुर गाँउपालिकामा खेतीयोग्य जमिन भएको कारणले सिक्टा नहरको पानी आउने आश्वासनमा मात्रै सिमित रहने हो? अर्को प्रश्न पनि उठ्ने गरेको छ । सिक्टाको मुख्य नहर ४२ किलोमिटर सम्पन्न भएको छ । नरैनापुर जाने सिक्टाको शाखा नहरको काम निमार्णका चरणमो रहेको सिक्टा सिंचाई आयोजनाका आयोजना प्रमुख राजु आचार्यले बताए ।

अहिले सिक्टा नहरमा ११ वटा शाखाहरू विस्तार कार्यय भैरहेको छ जसमा ६ वटा लिफ्ट नहरहरू रहेका छन् । शाखा नहरहरूलाई समुहमा विभाजन गरेर काम गरिरहेको छौं, जस मध्ये ११ वटामा एस वन र एस टु को काम भैरहेको आयोजना निर्देशक आर्चायले बताए । गुरुवा गाउँ अन्तर्गत ३६ करोडको लागतमा काम सम्पन्न भैरहेको पनि बताए । सिक्टा नहर अन्तर्गत पर्ने डुडुवा नहरको २ अर्ब बजेट विनियोजित गरेर काम अगाडि बढाउने भएको छ । सिक्टा भन्दा पहिला निर्माण भएका तर प्रयोगमा नआएको डुडुवा नहरलाई पुन निर्माण गर्नका लागि बजेट छुट्याइएको निर्देशक आर्चायले बताए ।

डुडुवा नहर वरिपरि वातावारण प्रदुषण धेरै भएको कारणले एक अर्व ५५ करोड छुट्याइएको छ, जुन बातावारण सरसफाईका लागि खर्च गरिने छ । अरू बर्ष भन्दा यो बर्षको अनुपातमा बजेट बढी भएपनि मुवाब्जा लिनका लागि जग्गा धनी आएका छैनन् । समयमै मुवाब्जा लिन नआए बजेट फिर्ता हुन्छ र जग्गा धनीहरूलाई मुवाब्जा लिन समय लाग्ने हुन्छ ।
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिंचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ मा आयोजना निर्माण सुरू गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, सिधनिया शाखामा १ हजार हेक्टर र पूर्वी मूल नहरतर्फ ४ हजार हेक्टर गरी २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी सन्देश पौडेलले जानकारी दिए ।

आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँकेको राप्ती नदी पश्चिम भेगको ३३ हजार ७ सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्व भेगको करिब ९ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने लक्ष्य छ । सूचना अधिकारी पौडेलले भने, ‘आयोजना सुरू भएदेखि हालसम्म भौतिक प्रगति ४०.२२ प्रतिशत र वित्तीय प्रगति ३९.३८ प्रतिशत रहेको छ ।’

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयोजनाले पुँजीगततर्फ विनियोजित बजेटको ४०.१० प्रतिशत वित्तीय प्रगति गरेको छ । विनियोजित ७५ करोड ४८ लाखमध्ये फागुन मसान्तसम्म ३० करोड २६ लाख ३२ हजार रूपैयाँ खर्च भएको पौडेलले बताए । ‘चालु आवमा आयोजनाको पूर्वी मूल नहरको बाँकी काम गर्न ठेक्का व्यवस्थापनका लागि तयारी हुँदैछ,’ सूचना अधिकारी पौडेलले भने, ‘पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरुवा र गोहवा शाखाको ठेक्का सम्झौता भइ निर्माण सुरू गर्ने तयारी भएको छ ।’

गुरुवागाउँ शाखाअन्तर्गत नहर निर्माण, जग्गा अधिग्रहणसम्बन्धी काम र अन्य शाखाको ठेक्का व्यवस्थापनलगायत तयारीको काम पनि चालु आवभित्रै सुरू हुने आयोजना कार्यालयले जनाएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी जिल्लाको खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पु¥याउन आयोजना निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?