© २०२३
काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ।
हालसम्म मुम्बईले ११ खेलमा १४ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थान सुरक्षित गरेको छ भने गुजरातले १० खेलमा १४ अंकसहित चौथो स्थानमा उक्लिएको छ। दुबै टोलीको प्रदर्शन सशक्त रहेकाले आजको खेल प्लेअफ समीकरणका लागि निर्णायक बन्ने अपेक्षा गरिएको छ।
यसैबीच, हिजो दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाका कारण रद्द भएपछि दुबै टोलीले १–१ अंक बाँडेका छन्। नतिजासँगै हैदरबादको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ भने दिल्ली १३ अंकसहित तालिकाको पाँचौं स्थानमा पुगेको छ।