© 2026
वासिङ्टन डीसी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब विदेशी चलचित्रहरूमाथि पनि कडा नीति अपनाउने संकेत दिएका छन्। उनले विदेशी चलचित्रमा सय प्रतिशत कर लगाउने घोषणा गरेका छन्।
बीबीसीका अनुसार, ट्रम्पले वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई यस कर प्रक्रियालाई अगाडि बढाउन अधिकारसमेत दिएका छन्। उनका अनुसार, “अन्य देशहरूले संगठित रूपमा अमेरिकी चलचित्र उद्योगलाई कमजोर पार्न खोजिरहेका छन्,” जसले राष्ट्रिय सुरक्षासमेत प्रभावित हुने खतरा बोकेको उनले बताएका छन्।
ट्रम्पले अन्य मुलुकहरूले आफ्ना चलचित्र निर्माताहरूलाई प्रोत्साहन दिँदै अमेरिकी स्टुडियोहरूलाई प्रतिस्पर्धाबाट पछाडि धकेल्ने काम गरिरहेको आरोप पनि लगाएका छन्। यद्यपि, उनले अमेरिकामा चलचित्र निर्माण फस्टाओस् भन्ने आफूले चाहेको स्पष्ट पारेका छन्।
उहाँको दोस्रो कार्यकाल सुरु भएदेखि नै उनले अमेरिकी उत्पादकहरूलाई संरक्षण गर्ने रणनीति अपनाउँदै आएका छन्, जसअनुसार विभिन्न देशहरूबाट आयात हुने वस्तुहरूमा कर लगाइँदै आएको छ। तर यस्तो कर नीतिले विश्व अर्थतन्त्रमा व्यापक असर पारिरहेको विश्लेषकहरूले बताउँदै आएका छन्।