Butwal Today

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो

२२ बैशाख २०८२, सोमबार
अ+
अ-

काठमाडौं,२२ वैशाख  ।

नेपाली सुन बजारले नयाँ साता उकालो बाटोबाट सुरु गरेको छ। सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँ तोकेको छ ।अघिल्लो दिन सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको बजार भने स्थिर देखिएको छ। सोमबार चाँदीको भाउ रु. १,९१० प्रतितोला कायम रहेको महासंघले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?