Butwal Today

कार्ल माक्र्सको सिद्धान्तलाई व्यवहारमा उतार्न नसक्दा आन्दोलन संकटमा

२२ बैशाख २०८२, सोमबार
अ+
अ-

रुपन्देही ।

कार्ल माक्र्सको २०७ औं जन्मदिवसको अवसरमा माक्र्सवादी ज्ञान केन्द्र, रुपन्देहीले २०८२ सालको पात्रो सहितको डाइरेक्टरी सार्वजनिक गरेको छ ।

कार्यक्रममा केन्द्रका केन्द्रीय सल्लाहकार डा. कृष्ण खनालले सम्बोधन गर्दै नेपालका कम्युनिस्टहरूले आफूलाई माक्र्सका अनुयायी भने पनि उनको सिद्धान्तलाई व्यवहारमा उतार्न नसक्दा आन्दोलन संकटमा परेको धारणा राखे । उनले माक्र्सवादी ज्ञान केन्द्रले नेपालमा सिद्धान्त र व्यवहार जोड्ने उद्देश्यले नियमित वैचारिक तथा सैद्धान्तिक कक्षा सञ्चालन गर्दै आएकोमा सन्तोष व्यक्त गरे ।

सहिद परिवार समाज, रुपन्देहीका अध्यक्ष शिव घिमिरेले कार्यक्रममा आफ्ना विचार प्रस्तुत गरे । साथै केन्द्रका उपाध्यक्ष कृष्णदिप भुसाल, सचिव दिपक न्यौपाने, सहसचिव बसन्ता खनाल र कोषाध्यक्ष लालबहादुर थापालगायतले २०८२ सालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा माक्र्सवादी ज्ञान केन्द्र, रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, सचिव दिपक न्यौपानेले पनि मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?