ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन

सुरक्षा घेरामा काम सुरु गरिंदै

२१ बैशाख २०८२, आइतबार
२१ बैशाख २०८२, आइतबार

सुर्खेत, २१ वौशाख ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको विवादित स्थलमा रुख कटानको काम सुरुवात भएको छ ।

स्थानीयको अवरोधको कारण विवादित स्थान बाँकेको बानियाभारमा सुरक्षा घेरामा काम सुरु भएको छ काममा अवरोध आएपछि जम्मा तीन वटा टावर निर्माण र आसपासका रुख कटानमा ढिलाई भएको थियोे । ‎

निकुञ्ज क्षेत्रमा आयोजनालाई रुख कटानको अनुमति प्राप्त भइसकेको अवस्थामा स्थानीयले बारम्बार अवरोध पु¥याएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी रुख कटान र टावरको फाउन्डेसन निर्माण कार्य अघि बढाइएको हो । सुर्खेत–कोहलपुर १३२ केभी प्रशारण आयोजनाका साइड इन्चार्ज मिलन सुवेदीले निकुञ्ज क्षेत्रमा पर्ने रुख कटानमा स्थानीयले अवरोध पु¥याएपछि प्रशासनको सहायताले रुख कटान गरी टावर निर्माणको कार्य सुरुवात गरिएको बताए ।

यस्तै, प्रशारण लाइनको मुख्य सबस्टेसन रहने सुर्खेतको सुब्बाकुनामा पनि स्थानीयको अवरोधका कारण एक टावर निर्माण गर्न नसकिएको सुवेदीले बताए । स्थानीयको अवरोधका कारण जेठ मसान्तसम्म प्रशारण लाइनलाई पूर्णता दिन राखिएको लक्ष्य प्रभावित भएको उनले बताए । स्थानीयको अवरोध समाधान भएको खण्डमा असार मसान्तसम्म लाइन विस्तारले पूर्णता पाउने सुवेदीले बताए । आयोजनाका एक सय ६२ पोलमध्ये एक सय ५२ पोल निर्माण भई अधिकांश स्थानमा तार तान्ने काम सम्पन्न भइसकेको उनले बताए ।

सुवेदीका अनुसार प्रशारण लाइनबाट चार्ज गरिने मुख्य सुब्बाकुना सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बाँकी विवाद नभएका क्षेत्रमा पनि प्रशारण लाइनका टावर निर्माण जारी रहेको आयोजनाले जनाएको छ । साढे तीन वर्षअघि २३ असार २०७८ मै सम्पन्न भइसक्नुपर्ने आयोजना रुख कटान र स्थानीयको अवरोधका कारण लक्ष्य अनुसार अघि बढ्न सकेको छैन । सुरुदेखि नै बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा भोगाधिकार, रुख कटान तथा आयोजना विस्तार हुने क्षेत्र बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर र बानियाभारका स्थानीयबाट आयोजनामा अवरोध सिर्जना हुँदै आएको छ । स्थानीयले प्राधिकरणका कर्मचारीलाई गाउँ प्रवेशमा नै निषेध गर्दै आएका थिए । ‎‎उक्त ठाउँ वरपर करिब २ सय रुख कटान गर्नुपर्ने उनले बताए । ‎यसअघि स्थानीय विकल्प खोज्नुपर्ने भन्दै अदालत पनि गएका थिए । स्थानीयवासीद्वारा दायर रिट अदालतले खारेज गरिदिएको थियो । तर पनि स्थानीयको अवरोध कायमै रहेको थियो । जग्गाको उचित मुआब्जा दिएर आयोजनाको काम अघि बढ्ने सहिमति नजिक पुग्दा पनि अर्काे पक्ष आएर विवाद निकाल्दै आएका छन् ।

‎‎बानियाभारमा जम्मा तीन वटा टावर मात्र निर्माण गर्नुपर्ने छ । तीन वटा टावर निर्माण गर्दा करिब ७५ जनाको जमिन प्रभावित हुन्छ भने एक घरलाई समेत असर पार्ने देखिन्छ । प्रत्येक स्थानीयको १० धुरदेखि ६ कट्ठासम्मको जमिन छ भने प्रसारण लाइन विस्तार गरे सबै जमिन प्रयोग गर्न नमिल्ने हुँदा स्थानीयले अवरोध गरेका थिए । एक अर्बभन्दा बढी लागत अनुमान रहेको यो आयोजनामा अहिले भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले ७० करोड रुपैयाँ लागतमा काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?