Butwal Today

शिक्षकलाई खुँडा हान्ने विद्यार्थी पक्राउ

२१ बैशाख २०८२, आइतबार
अ+
अ-

दाङ , २१ बैशाख ।

दाङको तुलसीपुर उपमहागनरपालिका –६ रजौरास्थित हिमाल एकेडेमी भित्रै शिक्षकमाथि खुँडा प्रहार पछि फरार रहेका बिद्यार्थी पक्राउ परेका छन् ।
गत शुक्रबार बिहान सवा ९ बजेतिर सोही बिद्यालयमा कक्षा १२ मा अध्यनरत २१ बर्षीय विद्यार्थी सुरेश बिकले ३७ बर्षीय शिक्षक बिषेश श्रेष्ठमाथि खुँडा प्रहार गरेका थिए । खुँडा प्रहार पछि फरार रहेका बिकलाई प्रहरीले शनिबार राति पौने ९ बजेतिर तुलसीपुर – ४ को हलवार क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।

प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार विद्यार्थी बिक तुलसीपुर – ४ रक्षाचौरका हुन भने शिक्षक तुलसीपुर – ६ रजौराका हुन ।
बिकले आफू अध्यनरत १२ का कोर्डिनेटरसमेत रहेका शिक्षक श्रेष्ठमाथि धारिलो हतियार खुँडा प्रहार गरेका थिए । खुँडा प्रहारबाट शिक्षक श्रेष्ठको घाँटी, हात लगाएत शरिरका बिभिन्न भागमा घाउ, चोट लागेको थियो । हाल शिक्षक श्रेष्ठ उपचार पछि डिस्चार्ज भएका छन् ।

पक्राउ परेका बिकले गत फागु पूर्णिमाको दिन अनाहकमा शिक्षक श्रेष्ठले आफुमाथि विद्यालयमै कुटपिट गरेको र त्यो कुटपिट पछि आफूले एउटा कान सुन्न छोडेको हुँदा त्यसको बदला लिन खुँडा प्रहार गरेको बयान दिएका छन् ।
विद्यालय पढाउने शिक्षक माथि खुँडा प्रहार गरि फरार पछि पक्राउ परेका बिकले आइतबारदेखि सुरु भएको कक्षा १२ को परीक्षा भने दिन नपाउने भएका छन् ।