Butwal Today

भारतका चर्चित गुरू रूपन्देहीमा

२१ बैशाख २०८२, आइतबार
अ+
अ-

बुटवल, २१ वैशाख ।

भारतका चर्चित गुरू स्वामी महामण्डलेश्वर कैलाशानन्द गिरी महाराजको रूपन्देहीमा भव्य स्वागत गरिएको छ ।

नेपालका रहेका विभिन्न धार्मिक स्थलहरूको दर्शन भ्रमण गर्ने उद्देश्य लिएर नेपाल आएका स्वामी कैलाशा नन्द गिरीलाई भव्य स्वागत गरिएको हो ।

रूपन्देहीका विभिन्न धार्मिक स्थलहरूको दर्शन गने योजना सहित भैरहवा आईपुगेका स्वामी कैलाशा नन्द गिरीलाई पुर्व गृहमन्त्री बालकुष्ण खाण, पुर्व सांसद प्रमोद यादव, रूपन्देहीका उद्योगी ब्यवसायी, विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरूले गौतमबुद्ध विमानस्थलमा पुगेर स्वागत गरेका हुन् ।

उनको नेपाल भ्रमणले नेपालमा रहेका धार्मिक क्षेत्रको प्रचार प्रसारमा ठुलो टेवा पुग्ने अनुमान गरिएको छ । भारतका धेरै धार्मिक पर्यटकहरू नेपाल आउने सम्भावना बढेको छ । एक साता लामो धार्मिक यात्रामा नेपाल आएका गिरी महाराजले काठमाण्डौं रहेको पशुपतिनाथको दर्शन, मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन, दामोदर कुण्ड, पोखराको तार बराई मन्दिर दर्शन गर्न पुगेर रूपन्देही आईपुगेका हुन् । उनको नेपाल भ्रमणले भारतीय धार्मिक पर्यटकको नेपाल आउने संख्यामा वृद्धि हुने देखिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?