ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

स्वामी कैलाशानन्द गिरीद्वारा कामाख्या मन्दिर दर्शन

२१ बैशाख २०८२, आइतबार
२१ बैशाख २०८२, आइतबार

बुटवल ।

सनातनी धर्म संस्कारका ज्ञाता एवं भारतको निरन्जन पीठाधिशका पिठाधिश्वर स्वामी कैलाशानन्द गिरीले पाल्पाको बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन र पूजा आराधना गरेका छन् ।

नेपालको विभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्नेक्रममा स्वामी गिरी आइतबार दिउँसो लुम्बिनी केबलकारको यात्रा गरी बसन्तपुर पुगेर कामाख्या देवीको मन्दिर दर्शन गरेका हुन् ।

उनले बसन्तपुर निकै स्वच्छ, शान्त, रमणीय र पवित्र धार्मिक स्थल रहेको उल्लेख गरे । मन्दिरमा पूजा आराधनापछि भक्तजनहरुसंग कुरा गर्दै स्वामी गिरीले कामाख्या मन्दिर प्रख्यात शक्तिपीठ भएको र यसको दर्शन गर्नाले मानव जीवनमा आइपर्ने संकटहरु मोचन हुने र मनोकामना पूरा हुने बताए । उनले नेपालका धेरै धार्मिक स्थलहरु अत्यन्तै पवित्र भएकोले ती स्थलहरुको भ्रमण गर्न करोडौं भारतीयहरु पनि आउने विश्वास व्यक्त गरे ।

सो अवसरमा स्वामी गिरीले कामाख्या मन्दिरका मूल पूरोहित सुरेश पौडेललाई कामाख्या देवीको बिजमन्त्र प्रदान गरेका थिए ।

स्वामी गिरीसंगै पुर्व मन्त्री बालकृष्ण खांण, प्रतिनिधि सभा सदस्य मन्जु खांण, पुर्व सांसद प्रमोद यादव, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय, चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेल, व्यवसायीहरु चुन्नप्रसाद पौडेल, बुटवल ४ का वडाध्यक्ष नरिश्वर पौडेल लगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । उनीहरुलाई लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजू, व्यवस्थापक प्रज्ज्वल घिमिरे लगायतले स्वागत गरेका थिए ।

स्वामी कैलाशानन्द बैशाख १५ गते दिल्लीबाट नेपाल एअरलायन्सको जहाज मार्फत काठमाडौ आएका थिए । स्वामी २२ गते भैरहवाबाट काठमाडौ फर्किने र सोही दिन गोसाईकुन्ड जाने कार्यक्रम तय भएको छ । त्यसपछि उनी सोही दिन चन्द्रागिरी रिसोर्टमा बस्ने र भेटघाट गर्ने त्यसपछि २३ गते दक्षिणकाली मन्दिरमा पुजा पाठ गर्ने कार्यक्रम तय भएको छ । २३ गतेदेखि २६ गते सम्म काठमाडौमा रहेर २६ गते दिल्ली प्रस्थान गर्ने कार्यक्रम तालिका रहेको छ ।

भारतको निरन्जना अखडाका प्रमुख समेत रहेका कैलाशानन्द भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका समेत सल्लाहकार मानिन्छन् । धार्मिक विषयमा र सनातनी धर्म संस्कारको विषयमा खास निर्णय लिनुपर्दा मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले स्वामी कैलाशानन्दको सल्लाह लिने भारतीय मिडियाहरुले समेत लेख्दै आएका छन् ।

भारतमा गत माघ महिनामा लागेको प्रयागराज महोत्सवका परिकल्पनाकार समेत कैलाशानन्द स्वामी मानिंदै आएका छन् । कैलाशानन्दको भ्रमणले नेपालको धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?