© २०२३
बुटवल, २१ बैशाख । बुटवलमा जारी १८ औ मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ मा वडा नं ३ र १२ विजयी हुदै अन्तिम आठमा स्थान बनाएका छन । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा आईतबार बिहान भएको खेलमा वडा नं. ४ लाई वडा नं. ३ ले २–० तथा वडा नं. १२ ले वडा नं. ९ लाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन ।
सिद्घेश्वर खेल मैदानमा भएको बिहानको पहिलो खेलमा वडा नं. ३ को जितमा अनुज गैरेले खेलको १४ औ मिनेट तथा भुवन गाहाले खेलको ३१ औ मिनेटमा गोल गरेका थिए । वर्षाका कारण प्रभावित खेलमा वडा नं. ३ का सुजन घले प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दिउसो भएको दोस्रो खेलमा वडा नं १२ ले खेलको १२ औ मिनेटमा अग्रता लियो । सन्दिप बिकको पासमा भुवन फौजाले गोल गरे । यसैगरि खेलको २५ औ मिनेटमा भुवन फौजाको पासमा सागर जिसिले दोस्रो गोल गर्दै अन्तर दोब्बर पारे । खेलको ३० औ मिनेटमा वडा नं ९ का प्रविण थापाले गोल गरे । खेलको ४२ औ मिनेटमा वडा नं १२ का खेलमा सागर जिसिले थप गोल गरे । खेलमा वडा नं ९ का बिमल मगरले गोल गर्दै अन्तर कम गरे । खेलमा वडा नं १२ का सन्दिप बिक प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
सोमबार बिहान ८ बजे वडा नं ११ र ७ का बिचमा पहिलो चरणको अन्तिम खेल तथा दिउसो पहिलो क्वाटरफाईनलमा वडा नं १० र ८ का बिचमा खेल हुने प्रचार विभाग प्रमुख अमित भण्डारीले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।