Butwal Today

नेकपा एसको संसदीय दलको बैठक स्थगित

२१ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २१ बैशाख ।

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक अन्तिम समयमा स्थगित भएकाे छ । सो पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजेबाट सो बैठक सुरू हुने भनिए पनि अहिले स्थगित गरिएकाे केन्द्रीय प्रचार बिभागले जनाएकाे छ ।  केपी ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्न तथा भोलीदेखि  संसदमा प्रस्तुत हुँदा एकमत बनाउनका लागि सो बैठक बोलाइएको थियाे ।

पार्टीवाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाइ बाेलाइए पनि अन्तिममा स्थगित भएकाे साे बैठक कहिले बस्छ ? कुनै जानकारी दिइएकाे छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?