Butwal Today

देशका प्रमुख ५ सडकमा बाढी पहिरोले अवरोध

२१ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २१ बैशाख ।

देशभरी परेको पानीका कारण बिभिन्न राजमार्ग अवरोध भएका छन् ।

नेपाल प्रहरीका अनुसार अबिरल बर्षा, पहिरो र बाढिका कारण मुख्यतयाः प्रमुखहरू अवरुद्ध हुन पुगेका छन् ।

जसअनुसार अबिरल बर्षाका कारण बागमति नदीले कल्भर्ट भत्काउँदा कान्ति लोकपथ पुर्ण रूपमा अवरुद्ध भएको छ भने धादिङको कृष्णभीरमा पहिरो जाँदा पृथ्वी लोकमार्ग एकतर्फी मात्रै सुचारू भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोप्लाङस्थित अरनिको राजमार्ग साना गाडी मात्रै चल्ने गरी एकतर्फी सुचारू भएको छ।

त्यसो त नवलपरासी पुर्वको बिनयी खोलमा आएको बाढीले बिनयी र चौसट्ठीमा क्रमशः एकतर्फी मात्रै र चौसट्ठीमा पुर्ण रूपमा अवरोध भएको नेपाल प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?