© २०२३
काठमाडौं, २१ बैशाख ।
देशभरी परेको पानीका कारण बिभिन्न राजमार्ग अवरोध भएका छन् ।
नेपाल प्रहरीका अनुसार अबिरल बर्षा, पहिरो र बाढिका कारण मुख्यतयाः प्रमुखहरू अवरुद्ध हुन पुगेका छन् ।
जसअनुसार अबिरल बर्षाका कारण बागमति नदीले कल्भर्ट भत्काउँदा कान्ति लोकपथ पुर्ण रूपमा अवरुद्ध भएको छ भने धादिङको कृष्णभीरमा पहिरो जाँदा पृथ्वी लोकमार्ग एकतर्फी मात्रै सुचारू भएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोप्लाङस्थित अरनिको राजमार्ग साना गाडी मात्रै चल्ने गरी एकतर्फी सुचारू भएको छ।
त्यसो त नवलपरासी पुर्वको बिनयी खोलमा आएको बाढीले बिनयी र चौसट्ठीमा क्रमशः एकतर्फी मात्रै र चौसट्ठीमा पुर्ण रूपमा अवरोध भएको नेपाल प्रहरीले जनाएको छ।