Butwal Today

ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ

२१ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २१ बैशाख ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिएका छन ।सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालमा नवनियुक्त राज्य मन्त्री गर्बुजालाइ प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।गत बैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरिएकाे थियाे, जसको ५ दिन पछि आइतबार पद तथा गोपनीयताको सपथ भएकाे हाे । गत १९ बैशाखमा पद तथा गाेपनियताकाे सपथ हुने भनिए पनि अन्तिम समयमा स्थगित भएकाे थियाे । जाे आइतबार भएकाे हाे ।गत वैशाख १० मा प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्य मन्त्री कान्छाराम तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए । उनी बर्खास्तीमा परे पछि रिक्त रहेको पदमा नेपाली कांग्रेसका सिफारिसमा गर्बुजा नियुक्त भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?