ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्षपछि लेवर पार्टी बहुमतमा

२१ बैशाख २०८२, आइतबार
२१ बैशाख २०८२, आइतबार

सिडनी, २१ बैशाख ।
अष्ट्रेलियामा लेबर पार्टीले पुनः निर्वाचनमा जीत हासिल गरेको छ।निर्वाचन आयोगका अनुसार लेबर पार्टीले ८९ सिट जितेको छ भने विपक्षी लिबरल–नेसनल गठबन्धनले ३६ सिट जितेको छ । सरकार बनाउनका लागि ७६ सिट चाहिन्छ। अल्बानीजको विजयले उनलाई दुई दशक पछि  पुनः चुनाव जित्ने पहिलो अष्ट्रेलियाली प्रधानमन्त्री बनाएको छ । सबैभन्दा भर्खरको अनुमान अनुसार, १५० सिटको तल्लो सदनमा कम्तिमा ८७ सिटका साथ उनले आफ्नो दोस्रो कार्यकाल सुरु गर्नेछन्।

लेबर पार्टीको जितले एन्थोनी अल्बानीज फेरि प्रधानमन्त्री हुने पक्का भइसकेको अवस्था छ । २१ वर्षमा पहिलो पटक कुनै लेबर नेता फेरि प्रधानमन्त्री बन्ने मौका पाएको हो । यसअघि सन् २००४ मा लिबरल पार्टीका जोन होवार्डले लगातार दोस्रो पटक चुनाव जितेका थिए । योसँगै विपक्षी उदार–राष्ट्रिय गठबन्धनले हार स्वीकार गरेको छ । विपक्षी उम्मेदवार पिटन डटनले पनि आफ्नै सिट गुमाएका छन । डिक्सन संसदीय सिटमा डुटनको हारलाई शताब्दीकै सबैभन्दा ठूलो राजनीतिक हार मानिएको छ। विपक्षी नेता पिटर डटनले चुनावमा हार स्वीकार गर्दै भने, ‘हामीले राम्रो प्रदर्शन गर्न सकेनौं, त्यसको पूर्ण जिम्मेवारी म स्वीकार गर्छु।’

अष्ट्रेलियामा हरेक ३ वर्षमा चुनाव हुन्छ । २८ मार्च २०२५ मा देशमा संसद विघटन भए पछि त्यसपछि सरकार कार्यकारी मोडमा गएको थियो। यसपछि २२ देखि ३० अप्रिलसम्म हुलाक मतदान भएको थियो । सन् २०२२ मा भएको पछिल्लो निर्वाचनमा लेबर पार्टीले ७७ सिट र लिबरल–नेसनल गठबन्धनले ५८ सिट प्राप्त गरेको थियो । यसपटक मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री एन्थोनी अल्बानीजको लेबर पार्टी र विपक्षी नेता पिटर डटनको लिबरल–नेसनल गठबन्धनबीच थियो ।

अस्ट्रेलियामा नेपालमा जस्तै दुईवटा संसद  छन् । माथिल्लो सदनलाई ‘सिनेट’ र तल्लो सदनलाई ‘हाउस अफ रिप्रेजेन्टेटिभ’ भनिन्छ। तल्लो सदनमा बहुमत ल्याउने दल वा गठबन्धनको नेता प्रधानमन्त्री बन्नेछ। यसको १५० सिटका लागि आज मतदान हुँदैछ । यसको नतिजा मे ३ गते राति वा ४ मे बिहानसम्म आउनेछ । तल्लो सदनसँगै माथिल्लो सदनका ७६ मध्ये ४० सिटका लागि पनि आज मतदान हुँदैछ । यस सदनमा निर्वाचित सदस्यहरुको कार्यकाल ६ वर्षको हुन्छ । प्रत्येक ३ वर्षमा आधा सदस्य परिवर्तन हुन्छन ।

अष्ट्रेलियामा १८ वर्ष वा सोभन्दा माथिका सबै नागरिकले भोट हाल्नु अनिवार्य छ र यदि उनीहरूले अनावश्यक कारणले त्यसो नगरेमा २० अस्ट्रेलियन डलर जरिवाना तिर्नु पर्ने हुन्छ। यहाँ प्रधानमन्त्री बन्न उमेरको हद छैन । अर्को शब्दमा, १८ वर्ष वा सोभन्दा माथिका व्यक्तिले मतदान गर्न सक्छन्, चुनाव लड्न सक्छन् र प्रधानमन्त्री पनि बन्न सक्छन्। एन्थोनी अल्बानीज अष्ट्रेलियाका ३१ औं प्रधानमन्त्री र लेबर पार्टीका नेता हुन्। उनले २०२२ को चुनावमा स्कट मोरिसनलाई हराएर सरकार गठन गरेका थिए। उनकी आमा, मारियान एलेरी, आयरिश मूलका थिए भने  जबकि उनका बुबा, कार्लो अल्बानीज इटालियन मुलका थिए। अल्बानीजले सिड्नी विश्वविद्यालयबाट अर्थशास्त्रमा डिग्री लिएका छन्।

उनी १६ वर्षको उमेरमा लेबर पार्टीमा प्रवेश गरेका थिए । त्यसपछि सिड्नी विश्वविद्यालयका विद्यार्थी राजनीतिमा सक्रिय रहेका थिए । सन् १९९६ देखि उनी सिड्नीको इनर वेस्ट सिटबाट निरन्तर सांसद हुँदै आएका छन्, यो सिट लेबर पार्टीको गढ मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?