ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

हाँसो दिवसलाई क्यालेण्डरमै समावेश गर

२१ बैशाख २०८२, आइतबार
२१ बैशाख २०८२, आइतबार

हरेक बर्ष मई महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाइन्छ । तदनुसार आज मई महिनाको पहिलो आईतबार विश्व हाँसो दिवस मनाउने औपचारिकता पूरा गरिदैछ । नेपालमा यो दिवसलाई सरकारले औपचारिकता दिएको छैन जसका कारण यो दिवस सरकारी क्यालेण्डरमा समावेश छैन । स्वास्थ्यका लागि सवैभन्दा महत्वपूर्ण बिषय भएरपनि यो दिवसमा सरकारको आँखा नजानु चिन्ताको कुरा हो । हाँसोले हाम्रो स्वास्थ्यमा स्फूर्ति मात्रै ल्याउँदैन, हाम्रो जीवनलाई दिर्घायू समेत बनाउँछ । तसर्थ चिकित्सकहरूले त दिनमा एकपटक मज्जाले वा खुलेरै हाँस्न सल्लाह दिने गरेका छन । मे ५ मा मनाइने यस दिवस प्रथमपटक औपचारिक रूपमा सन् १९९८ मा भारतको मुम्बईमा मनाइएको थियो । हाँसो एउटा सकारात्मक अनि शक्तिशाली भाव हो, यसले जीवनमा रस अनि आशा थप्दछ ।

आजको दिनले विश्वबन्धुत्व, भ्रातृत्व अनि शान्तिको पनि वकालत गर्दछ । उखान पनि छ– एक पलमा हजार जीवन अनि एक हाँसोमा हजार खुसी छाउँछ । तसर्थ खुसी छाउन हाँसोको अनिवार्यतालाई बुझौं । सरकारले पनि बुझोस र यसलाई राष्ट्रिय क्यालेण्डरमै समावेश गरोस् । पछिल्लोसमय विश्वमाझ तनाव बढ्दै छ । मानिस अनेकथरी समस्या, उल्झन र चुनौतिमा पर्दै आएका छन् । बढ्दो मानसिक तनावले मानिसमा मानसिक रोग (डिप्रेसन) को समस्या बढ्दै गएको छ । यस्तो अवस्थामा मानिसको जीवनमा खुसी ल्याउन हाँसोको आवश्यकता छ । हाँसो विनाको जीवन निरर्थक हुने अवस्था आएको छ । तसर्थ विश्व हाँसो दिवसकै अवसरमा भन्नैपर्दछ– दिल खोलेर हाँसौ । हाँसेर दिर्घायू वन्नुको अर्को ठूलो ओखती छैन । निश्चितरूपमा हाँसोभित्र हाम्रो जीवन र भविष्य जोडिएको छ । जति बढी हाँस्न सक्यो उति मन चंगा हुन्छ, मन हलुंगो हुन्छ । जीवन स्पूmर्ति हुन्छ । तर, हाँस्न त्यति सजिलो पनि छैन

आजको मानिस विभिन्न पीडामा छटपटिएको छ । विभिन्न तनावले थिचिएको छ । यद्यपि हाँसोले कुनैपनि कुरा या पीडालाई निको पार्न वा समाधान गर्न सक्दैन, तर यसले धेरै कुरा र पीडाहरूलाई छेउ लगाउँदै जीवनको मूल्य आत्मसाथ गर्न मद्दत पु¥याउँछ । यही मूल्य बुझेर नै हरेक बर्षको मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाउने गरिएको छ । हाँसो एउटा सकारात्मक अनि शक्तिशाली भाव हो, यसले जीवनमा रस अनि आशा थप्दछ । हाँसोले मातृत्व, भातृत्व, मातृ बात्सल्य सवै कुरा जोड्दछ । हाँसोले खुसी दिन्छ तसर्थ हाँस्न नभुलौ । हाँसोलाई हरेक दिन बढाउँदै लैजाउँ । हाँसो मै जीवन खोजौं । जति नै तनाव किन नहोस हाँसेर तनाव कम गरौं ।

हाँसेर शतायू पाईन्छ भने किन नहाँस्ने ? प्रवचन, योग तथा अन्य सत्संग र सत्मार्गका कार्यक्रमलाई हाँसोमा जोड्न सक्यौ भनेपनि भोलीको दिनमा नेपाललाई समुन्नत बनाउन सकिन्छ । हाँसो हाम्रो जीवन हो । यो तथ्यलाई मनन गरौं । निश्चितरूपमा हामीभित्र भएका अनेकौं बिकारजन्य मनोबृत्ति अन्त्य गर्न सहयोग पुग्नेछ । हाम्रो जीवनको एउटा अभिन्न हिस्सा हाँसोलाई बनाउनु सकौं र दिनको एकदुई पटक मज्जाले हाँसौं । आफू हाँसेर अरूलाई हँसाउन सक्नुपनि महत्वपूर्ण सत्कर्म हो । हँसाउन प्रोत्साहन गर्नु पनि एउटा ठूलो सामाजिक कला हो । ऋषि महर्षीहरू भन्छन– हाँसो किन्न सकिदैन् । तसर्थ मनभित्रैबाट हाँसौं । हाँसो दिवसको अवसरमा दिर्घ जीवनका लागि, स्वास्थ्यका लागि र अरूको दुःख सुखमा सहभागी हुन सकौं । अरूका लागि होइन, आफ्नो स्वास्थ्यका लागि भएपनि अन्तरआत्माबाटै हाँस्न सकौं । सरकारले यो दिवसलाई राष्ट्रिय क्यालेण्डरमा समाबेश गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?