Butwal Today

नारायणी अस्पतालका तत्कालीन प्रमुखसहितलाई १ करोड ८४ लाखको भ्रष्टचारको मुद्दा

२१ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २१ बैशाख ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुरसहित पाँच जनाविरुद्ध निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

अख्तियारले अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा प्रकृयामा एक करोड ८४ लाख ३८ हजार ४५८ अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट ठाकुरसहित इन्जिनियर राजेन्द्र शाह र सकुर अन्सारी, नासु शुशीलप्रसाद यादव र लेखापाल सुदिप कुमार माझि, ठेक्का मुल्यांकन समितिका संयोजक डा. विरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी माथि मुद्दा दर्ता गरेको हो ।

अख्तियारका अनुसार मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्सका तत्कालिन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध मुद्धा दायर गरिएको छ।