ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

अधिकार मागेर होइन, सङ्गठित भएर रणनीतिगत पहलमार्फत पाइन्छः अध्यक्ष चम्लागाईं

२१ बैशाख २०८२, आइतबार
२१ बैशाख २०८२, आइतबार
काठमाडौं, २० बैशाख ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आइतबार १७औं स्थापना दिवस मनाएको छ । नेपाली कांग्रेस निकटको संघले अपाङ्गता भएकाहरुको हक हितका लागि लड्नकै लागि यो संघ गठन गरेको जनाएको छ ।  संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले शुभकामना सन्देश दिँदै अधिकार मागेर नभइ सङ्गठित भएर, अडानका साथ, रणनीतिगत पहलमार्फत प्राप्त गर्न सकिने बताएका छन् । यसमा आफूहरु हामी पूर्ण सचेत रहेकोसमेत उनले उल्लेख गरेका छन् ।
सबै अपाङ्गता भएकाहरूलाई लोकतान्त्रिक मूल्य र परिवर्तनको यात्रामा गोलबद्ध भएर अघि बढ्न हार्दिक आह्वान गर्दै चम्लागाईंले पवित्र आन्दोलनमा साथ, सहभागिता र विश्वास नै प्रेरणा रहेकोसमेत बताएका छन् । उनले आजको दिनलाई केवल संघको स्थापनाको स्मरण मात्र नभइ अपाङ्गता भएका व्यक्तिहरूको संघर्ष, साहस र संकल्पको उत्सव पनि भएको बताए । सन्देशमा उनले लेखेका छन्, ‘२०६२/०६३ को ऐतिहासिक जनआन्दोलन, जसले मुलुकलाई लोकतन्त्रको नयाँ यात्रामा डोर्‍यायो, त्यस आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरूको भूमिका अविस्मरणीय रह्यो। आन्दोलनका अग्रमोर्चामा ह्वीलचेयर तथा विभिन्न सहायक सामग्रीको भरमा लडेका ती दिनहरू हाम्रो संस्था स्थापनाको आत्मा थिए। परिवर्तनको त्यो यात्रामा हामी केवल सहभागी मात्र होइनौं, परिवर्तनका प्रेरक थियौं।’
चम्लागाईं अगाडि सन्देशमा भन्छन्, ‘संविधान, ऐन र नीतिहरूमा समावेश गरिएका अधिकारहरू व्यवहारमा लागू नभएसम्म समता र न्यायको अनुभूति अधुरो रहन्छ। त्यसैले अबको यात्रामा अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक अधिकार सुनिश्चित गर्न संविधानमा संशोधन गरी स्थानीयदेखि संघसम्म राज्यका हरेक तहमा अनिवार्य प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्छ भन्ने हाम्रो दृढ धारणा हो। यसका लागि हामी राजनीतिक नेतृत्वलाई लगातार झकझकाउने, आवश्यक पहल र संवादमार्फत सहकार्यका ढोका खोल्नेछौँ, र परिवर्तनको आवाज बुलन्द बनाउनेछौँ।’
अबको योजनाबारे उनी लेख्छन्, ‘गम्भीर श्रेणीका अपाङ्गता भएका व्यक्तिहरूका लागि व्यक्तिगत सहयोगी  सेवा तत्काल शुरु गर्नुपर्नेछ। गरिमा, आत्मनिर्भरता र जीवनको गुणस्तर सुधार गर्न यो सेवा अत्यावश्यक बनिसकेको छ, र यसतर्फ सरकार गम्भीर रुपमा उन्मुख हुनुपर्छ। नेपालले अनुमोदन गरेका अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू, विशेषतः संयुक्त राष्ट्रसंघीय अपाङ्गता अधिकार महासन्धि लगायतका विविध प्रतिबद्धता र घोषणाहरूको प्रभावकारी कार्यान्वयनमा सरकार जिम्मेवार बन्नुपर्छ। ती प्रतिबद्धता कागजमा सीमित नरही व्यवहारमा लागू हुनुपर्छ, जसका लागि हाम्रो संघ निरन्तर आवाज उठाइरहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?