© २०२३
बुटवल, २० बैशाख ।
खेल पूर्वाधार निर्माणका लागि तीनै तहकै सरकारका साथै निजी क्षेत्रको पनि सहभागीताका लागि सरकारले कानूनी व्यवस्था गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा खेल क्षेत्रको बिकासका साथै पूर्वाधार निर्माणमा तीनै तहका सरकारका साथै निजि क्षेत्रको पनि सहभागीताका लागि कानूनी व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रुपान्तरण गरिने राष्ट्रपति पौडेलले बताए । अन्तराष्ट्रिय पदक विजेता खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था पनि मिलाइने समेत भएको छ । राष्ट्रपति पोडेलले संघ, प्रदेश तथा स्थानीय तह र खेल संघको सहकार्यमा स्पोट्र्स स्कूल कार्यक्रम सञ्चालन गरिने उल्लेन गरे । खेलकुदलाई निजी क्षेत्रका सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोड्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।