© २०२३
प्राकृति सौन्दर्य, ऐतिहासिकता एवं धार्मिक सम्पदा, सांस्कृतिक विविधता र विकसित भौतिक पूर्वाधारका दृष्टिले बुटवल पर्यटनको संभावना भएको शहर हो । यद्यपि समुचित योजना, प्रचारप्रसार, संरक्षण तथा दीर्घकालीन पूर्वाधार विकासको अभाव भने अझै पनि खड्किएको छ । यसै विषयलाई केन्द्रित गरी बुटवलमा पर्यटनको अभ्यास र संभावनाको खोजी गरी सुझावमार्फत भावी रणनीति निर्माणमा आधार तय गर्न शुक्रबारका दिन बुटवलमा पर्यटनका अभ्यास र संभावना विषयक अन्तरसंवाद कार्यक्रम बुटवल उपमहानगरपालिकाको सहयोगमा आयोजना गरिएको हो । अन्तरसंवाद कार्यक्रममा व्यक्त भएका विचार र सुझावलाई हामीले संक्षेपमा लिपिबद्द गरेका छौं ।
बुटवलमा जुनसुकैस्तरका पर्यटकहरु आएर बस्न सक्ने अवस्थाका होटलहरु छन् । पर्यटकहरुलाई सम्मान र हाम्रा पर्यटकीय स्थानको प्रचारमा अझै जोड गर्नुपर्ने देखिएको छ ।
बुटवलमा २ दिन भुलाउन सक्ने ठाउँ नभएकाले पर्यटकले समय व्यतित गर्न सक्ने गरि पर्यटन बिकास आवश्यक छ । बाणिज्य क्याम्पसदेखि मगरघाटसम्म जलासय निर्माण गरी पर्यटन प्रबद्र्धन गर्न सकिने अवस्था छ ।
‘बुटवल गुल्जार बनाउन पर्यटन सहयोगी’
हरि प्रसाद पौडेल
अध्यक्ष, बुटवल पब्लिकेशन प्रा.लि.
कोभिडपछि देशमा आर्थिकमन्दी अर्थतन्त्र प्रति नकारात्मक सोंच आएको थियो । युवाहरूमा बिदेश पलायनको क्रम बढेको छ । नुन र घिउबाट बन्चित बुटवल बजारलाई पुनः गुल्जार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ । गुल्जार बनाउन पर्यटन सहयोगी बन्न सक्छ । नकारात्मकता त्यागेर सकारात्मक सोंचका साथ अगाडि बढ्न सक्यौं र पूर्वाधारमा विकास गर्न सक्यौं भने यो असंभव छैन ।‘पर्यकीय क्षेत्र बनाउन धेरै योजना छन्’
खेलराज पाण्डेय
नगर प्रमुख, बुटवल उपमहानगरपालिका
बुटवल ईतिहासको कालखण्डमा धेरै उपलब्धि प्राप्त गरेको थलो हो । १ करोड बर्ष पुरानो रामापिथेकसको ईतिहास रहेको, पसेन बंशको कुलको स्थान रहेको फूलबारी । अंग्रेजलाई जितेको जितगढी हाम्रा गहना हुन् । यो यातायातको क्षेत्रमा देशकै महत्वपूर्ण स्थान हो । शिक्षा र स्वास्थ्यतर्फ निजी र सरकारी क्षेत्रमा गर्व गर्न लायक काम भएको छ । बुटवल सबैको शिर उच्च हुने अवस्था छ । सेन बंशको दरवारको पुनःनिर्माणको क्रममा छ । युद्ध सँगको जोडीएको संग्राहलयलाई व्यवस्थित बनाउन झण्डै १७ करोड लाग्ने अनुमान छ । पुरानो बटौलीमा ऐतिहासिक मन्दिर र मस्जिद छ ।४६ बटा पुराना घरलाई एउटै ढंगमा पुनर्निर्माणको योजना बढेको छ । जितगढी किल्ला पुनः निर्माणमा पुरातत्व बिभागको फरक मत आएको छ । बुटवल देखि नुवाकोट सम्म पैदल मार्गको कार्य अगाडी बढेको छ । नुवाकोटमा ठूलो शिवमूर्ति, हिलपार्कमा बुद्ध मूर्ति, बुटवल १८ मा थारु संग्राहलयको लागी प्रयत्न गरिएको छ । बुटवलमा २ दिन भुलाउन सक्ने ठाउँ नभएकाले पर्यटकले समय व्यतित गर्न सक्ने गरि पर्यटन बिकास आवश्यक छ । बाणिज्य क्याम्पस देखि मगरघाटसम्म जलासय निर्माण गरी पर्यटन प्रबद्र्धन गर्न सकिने अवस्था छ ।
बुटवलमा ९३ हजार बिद्यार्थी अध्ययनरत छन तर ७० प्रतिशत बुटवल बाहिरका छन । बाहिरका बिद्यार्थीले बजार गुल्जार गर्न सहयोग पुगेको छ । प्रादेशिक अस्पलातमा दैनिक उपचार लिन आउने १० हजार बिरामी र उनका आफन्तका कारण अर्थतन्त्र चलायमान बनाउन भूमिका खेलेको छ । क्रिकेट र फुटवलको लागी संभावना र पूर्वाधार तयारीको क्रमले पर्यटक आवागमनको संभाव्यता बढाएको छ । खेल पर्यटनको माध्यमले पर्यटन बिकास । हिन्दु र बुद्ध धर्म केन्द्रित पूर्वाधार तयारी गर्न आवश्यक छ ।
फूलबारीमा अक्षरधाम निर्माण गर्न सकिए धार्मिक पर्यटक बढ्ने । बुटवल देखि मुक्तिनाथ र लुम्बिनीदेखि कोर्लानाका धार्मिक पर्यटनको संभावना क्षेत्र हुन । बुटवलदेखि मुक्तिनाथ सम्मको यातायात सञ्चालनमा पहल कदमी आवश्यक देखेका छौं । बुटवल बुटवलका लागि मात्रै भई नजिकका क्षेत्र रिडी, रेसुगाँ, पाणिनी लगायतका क्षेत्र जोडेर नेतृत्व गर्न सक्छ । होटल पूर्वाधारको पर्याप्तता देखिन थालेको छ । बुटवल आउने पर्यटक लक्षित प्याकेज कार्यक्रम सञ्चालन गरेर अगाडि बढ्नुपर्छ । बुटवलले लुम्बिनी सहित मुक्तिनाथ सम्मको प्याकेजका कार्यक्रम सञ्चालन गर्न सकिने संभावना छ । बुटवलले पर्यटनको लागि बिश्वसनिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्ने उनले बताए । सहकार्यका लागि नगर सदैव प्रयत्नशिल रहँदै आएको छ । पर्यटकिय बिकासका लागि आवश्यक ऐन, नीति बनाउन नगर सधै तत्पर रहेको नगर प्रमुख पाण्डेयले बताए ।
‘सबैको सहकार्यले अघि बढ्छौं’
सावित्रादेवी अर्यालउपप्रमुख बुटवल उपमहानगरपालिका
बुटवलका बारेमा सबैले चिन्ता लिनु जरुरी छ । भारतबाट आउने पर्यटकहरूलाई मुक्तिनाथ सम्म कसरी पु¥याउने भन्ने हाम्रो मुख्य लक्ष्य छ । बुटवलको राजधानी भालुबाड सरे पछि नै हामीले बुटवललाई पर्यटकहरूको हव बनाउने गरेर काम गरेका छौं । उनले १६/३६ कुलोबाट फोहोर तिलोत्तमासम्म पुग्न नदिनका लागि प्रयास गरिएको छ । सबैले सकारात्मक सोंच र उर्जाले नै पर्यटकिय क्षेत्रको रूपमा अगाडी बढिरहेको छ । बुटवलमा जुनसुकैस्तरका पर्यटकहरू आएर बस्न सक्ने अवस्थाका होटलहरू रहेका छन् । पर्यटकहरूलाई सम्मान र हाम्रा पर्यटकिय स्थानहरूको प्रचारमा अझै जोड गर्नुपर्ने देखिएको छ ।‘स्थानीय र मौलिक खानाको स्वाद पस्किऔं’
विमलबहादुर शाक्यपूर्व उपमेयर, बुटवल उपमहानगरपालिका
पर्यटकहरूलाई ल्याउनका लागि गन्तव्य बनाउन पहिला योजना हुन जरुरी छ । इतिहासको खोजी, लिपिबद्द र त्यसको प्रचारमा ध्यान पु¥याऔं । योजनासँगै यहाँ रहेका प्राकृतिक सम्पदाहरूको प्रचारपसार गर्न आवश्यक भारतिय पर्यटकहरू लुम्बिनी घुमेपछि सिधै पोखरा पुग्दछन् । उनीहरूलाई बुटवलमा रोक्न सक्नु पर्छ अनि मात्रै यहाँको विकास हुन्छ । उनीहरूलाई इतिहास खोज्ने, रमाउने ठाउँको रूपमा विकास गर्न सकिन्छ । पर्यटनको संभावनालाई बदल्नमा सबैले हातेमालो गरौं ।‘पर्यटक आगमनको सेन्टर प्वाइन्ट बनाऔं’
हरि प्रसाद अर्याल
अध्यक्ष, बुटवल उद्योग बाणिज्य संघ
पर्यटकिय बिश्रामस्थलको रूपमा बिकास गर्दै आएकोमा पर्यटक आगमनको स्थलको रूपमा बिकास गर्न सकिने अवस्था आएको छ । बुटवललाई स्थानीय प्वाईन्ट र अन्य पर्यटकिय स्थललाई सेन्टर प्वाईन्टको रूपमा बिकास गर्न सकिए दीगो पर्यटनको बिकास हुन सक्ने अवस्था छ । पर्यटक घुम्ने स्थानलाई प्वाईन्ट निर्धारण गरि रुट बनाएर भ्रमण प्याकेज बनाउन आवश्यक छ । स्थानीय तह र सरोकारवालाले सहकार्यमा लगानी गर्न आवश्यक छ । मौलिक खानेकुराको बजारीकरण गर्न सकिएको छैन । होमस्टेको बिकास गर्न सक्नुपर्छ । तिनाउ जलाधार क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्छ ।‘एग्रो टुरिजमको रिसर्च जरुरी छ’
राजन पाण्डे
नगर सभापति, रास्वपा, बुटवल
सुचना प्रबिधिको क्षेत्रमा अब्बल बनाउन सके राम्रो, एग्रो टुरिजम, वन वातावरणको लागि रिसर्चका लागि नगरले रिसर्चमा सहयोग गर्न सक्छ । पर्यावरण संरक्षणका लागि पर्यावरणमैत्री बन्नु पर्छ । कंक्रिट संरचना निर्माणलाई कम गर्नुपर्छ । फोहरमैला व्यवस्थापनको दिर्घकालिन योजना बनाउनु पर्छ । फोहरले नगर नै नराम्रो हुने भएकाले यसमा नगरले ध्यान दिन जरुरी छ । त्यसतर्फ सबैको ध्यान जान जरुरी छ । त्यसैगरी हामी सबैले आ–आफनो क्षेत्रबाट पर्यटक ल्याउन पहल गर्न आवश्यक छ । पर्यटकहरूलाई बुटवलमा बास बस्ने गरी राख्न सके पर्यटनको विकासमा सहयोग पुग्छ ।पर्यटकका लागि किनमेल बजार हुनुप¥यो
नवराज श्रेष्ठपूर्व अध्यक्ष, उद्योग बाणिज्य संघ, बुटवल
छिमेकी मुलुकका पर्यटकहरूलाई यहाँ ल्याउने वातवारण सृजना गर्न आवश्यक छ । यहाँ आउने पर्यटकहरूका लागि किनमेलको बजार बनाउन आवश्यक छ । उनीहरू यहाँ आएर बजारमा रमाउन सक्ने वातारण भयो भने आर्थिक किनमेल पनि हुने भएकले बजारलाई पनि ध्यान राख्न जरुरी छ । शीर्षक महŒवपुर्ण रहेको छ । बुटवलमा २ वटा केबलकार गाह्रो गाह्रो गरेर चलेको छ । निजी क्षेत्र प्रबद्र्धनात्मक कार्यक्रम आवश्यक छ । छिमेकी मुलुकको नजिक र पूर्व क्षेत्रमा प्रचार प्रसार गर्न सकिए पर्यटक आवागमन बढ्न सक्ने देखिन्छ । स्थानीय सरकार र निजी तह बिचको सहकार्य आवश्यक छ । संस्कृती आदानप्रदानमुलक कार्यक्रम आवश्यक छ ।‘स्थानीय उत्पादनलाई जोड दिऔं’
केशव न्यौपाने
प्रबन्धक संचालक, पैचो पसल प्रा.लि.
तिनाउ रिभर पर्यटनलाई अगाडी बढाउने योजना बुटवलका लागि लाभदाय बन्नसक्छ । तिनाउ नदीमा दुईदेखि तिन खण्डमा पानी रोकेर २ हजार किलो लिटर रोकेर ड्याम बनाउन सकिन्छ । दुवै तर्फ वाकिङ र साईक्लिगंक पथको रूपमा बिकास गरेर पर्यटक होल्ड गर्न सकिन्छ । स्थानीय उत्पादन र खाना बिक्री हुने, २ केबलकार निरन्तर सञ्चालनमा सहयोग पु¥याउन सकिन्छ । तिनाउमा झोलुगें पुल बनाएर स्काई वार्क बनाउन सकिन्छ । सिद्धबाबा माथी र केरावारी तल वंन्जिजम्पे संभावना छ । त्यसलाई बिकास गर्न सकिए बुटवलमा बार्षिक ५ लाख पर्यटक थप्न सकिन्छ ।’हिलपार्कदेखि गौशालासम्म पैदलमार्ग बनाऔं’
कृष्णप्रसाद पाण्डे,
बरिष्ठ उपाध्यक्ष बुटवल हिलपार्क परिषद्
बुटवल हिल पार्कको टप देखि गौशाला सम्म पदमार्गको योजना समेटन आवश्यक छ । बिग बुद्धको डिपिआरलाई कार्यान्यवनमा ल्याउन आवश्यक छ । यसले बुटवलमा पर्यटक ल्याउन सहयोग गर्छ । पर्यटकहरूलाई बुटवलमा भुलाउन पनि विभिन्न स्थानमा पार्क निर्माणसँगै प्रचार प्रसार गर्न आवश्यक छ । यहाँका आन्तरिक समस्याहरू समाधान गर्दे पर्यटक ल्याउनका लागि पहल गर्न जरुरी छ ।‘धार्मिक रात्रीकालिन कार्यक्रमलाई जोडौं’
विशाल थापा अध्यक्ष, मासु व्यवसायी संघ
पाका उमेरका लागी भजन, संस्कृती सँग रात्रीकालिन कार्यक्रम बनाउन सकिए एक दिन रोक्न सकिन्छ । घुमफिर संस्कारको बिकास गर्न आवश्यक छ । साप्ताहिक रूपमा परिवारले घुम्ने संस्कृती बिकास आवश्यक छ । यसले हाम्रा संस्कार संस्कृतिको विकासमा सहयोग गर्छ । चुरे पहाडको मनोरमता दिने बृक्ष लगाएर मोनोरेल, चिडिया खाना बिकास गर्न सकिए एउटा पर्यटकिय गन्तब्य थप्न सकिन्छ । सडक मार्गले पर्यटकलाई सास्ती छ । हवाई र सडक यात्रा गर्दाको त्रास हट्ने बातावरण बनाउन आवश्यक छ ।‘रोहिणी नदीको पहिचान र प्रचार जरुरी’
मदनलाल पौडेल
अग्रज पत्रकार
बुद्ध साहित्यमा रोहीणी नदीको चर्चा छ । जस्ले कोलिय र कपिलवस्तुको सिचाई गथ्यो । दुवैमा त्यसैमा लडाइँ भयो । रोहिणी नदी तिनाउ नदी नै हो । त्यसको अनुसन्धान गर्नुपर्छ । रोहीणी नदी बुद्ध साहित्यमा महत्वपुर्ण भएकाले रोहीणीको पहिचान भए बौद्धिक पर्यटन बृद्धिमा सो बिषयले भूमिका खेल्न सक्छ । लेखक र बौद्धिकले यसको चर्चा गर्न आवश्यक छ । रोहिणी नदी र तिनाउ नदी बीचको दुरी कायम गरेर उनीहरू बीचको धार्मिक पौराणिक कुरालाई बुझाउन सक्ने हो भने धार्मिक पर्यटक धेरै पर्यटकहरू यहाँ आउन सक्ने अनुमान गर्न सकिन्छ ।केरलादेखि मुक्तिनाथसम्मलाई समेटौं
डा. बालकृष्ण चापागाई
बरिष्ठ पत्रकार
बुटवल नेपालको सभ्यताको मुल केन्द्र हो । केरला देखि मुक्तिनाथ सम्मको मध्य मार्ग हो । बुटवलमा भएको सबै सभ्यता जोगाउन सबै लाग्नुपर्छ । बुटवलको सुरक्षामा हामी गम्भिर हुनुपर्छ । तिनाउको कटान र चुरे पहाडको पहिरोको जोखिम छ । बिकासको आधा तिनाउ नदी हो । आधा भाग तिनाउ र आधार हागो रोहीणी हुन सक्छ । हामीले यसलाई रोहिणीको रूपमा बिकास गर्नुपर्छ ।‘पर्यटन प्रवद्र्धनका लागि दृष्टिकोणमा स्पष्ट होऔं’
प्रदिप उदय
अध्यक्ष, राप्रपा, लुम्बिनी प्रदेश
पर्यटनको चर्चा गर्दा पर्यटक कसरी ल्याउने महत्वपुर्ण हुनुपर्छ । संख्या भन्दा खर्चालु पर्यटक कसरी ल्याउने भन्नेमा ध्यान दिनुपर्छ । नगरले दृष्टिकोण तयार बनाउनु पर्छ । कस्तो, कहाँको पर्यटक ल्याउने ? स्थानीय पर्यटक ल्याउन लगानीमैत्री बातावरण बनाउनु पर्छ । लगानीमैत्री नभए सम्म पर्यटन बिकास हुँदैन । टुक्रे योजनाले पर्यटन बिकासलाई सहयोग पुग्दैन । कस्तो पर्यटक ल्याउने दृष्टिकोण बनाउने र व्यवसायमैत्री सरकार भए पर्यटक बढ्छ ।‘भारतका पर्यटक ल्याउन सकिन्छ’
टंक प्रसाद पोख्रेल
अध्यक्ष, नेपाल चुम्बर अफ कमर्श, लुम्बिनी
नेतृत्वले भिजन सहितको योजना बनाए काम हुन्छ । सहज र सुलभ घुम्न सक्ने गरि युपी र बिहारका पर्यटकलाई भित्राउन सक्नुपर्छ । भारतिय पर्यटकहरूको योजना अनुसार हामीले काम गर्न आवश्यक छ । पर्यटकका लागि हामीले बुटवलले लिड गर्न आवश्यक छ । त्यो संभव पनि छ ।
‘नगरभित्र उद्यानै उद्यान बनाऔं’
खेम प्रसाद लुईटेल,
केन्द्रिय अध्यक्ष, नेपाल उद्यान महासंघ
अन्य पर्यटकिय क्षेत्र, उत्पादन, सेवाबारे जानकारी दिने संस्कृतीको विकास गर्नुपर्छ । धार्मिक पर्यटकका लागि बातावरण बनाउनुपर्छ । नगर भित्रका उद्यानमा मान्छेलाई भुलाउने बातावरण बनाउन पर्छ । झोलामा पैसा ल्याएर खर्च गर्नै बातावरण बनाउन आवश्यक छ । नगरका खाली ठाउँमा उद्यान बनाउने संस्कृतीको विकास गरौं ।
‘वरपरका डाँडामा हरियाली बढाऔं’
लवकुश श्रेष्ठ,
पूर्व अध्यक्ष, सिद्धबाबा धाम विकास समिति
चुरेलाई लोभ्याउने गरि पर्यावरणीय बनाउन आवश्यक छ । हरियाली डाँडालाई शोभायमान बनाई पर्यटकलाई लोभ्याउने बातावरण बनाउन सकिन्छ । डाँडाहरूमा विभिन्न प्रजातीका फूलहरू रोपेर पर्यटकहरूलाई भुलाउन सक्ने खालले विकास गर्न आवश्यक छ । त्यसका लागि स्थानीय सरकारले राष्ट्रपति चुरे र सामुदायिक वनसँग संयोजन गरेर हरियाली र विभिन्न फूलहरू सहितको डाँडा बनाएर पर्यटक ल्याउन आवश्यक छ ।
‘मौलिक संस्कृतीलाई प्राथमिकता दिन आवश्यक छ’
रामु जोशी
कार्यकारी निर्देशक, लुम्बिनी पर्यटन बिकास परिषद
पर्यटकको बर्गीकरण गर्दा ६७ प्रतिशत पर्यटक मनोरञ्जनका लागी ८ प्रतिशत धर्मको लागी आउने गरेका छ । ९२ प्रतिशत पर्यटन पदमार्गबाट आउछन । त्यसमा पनि सुनौली नाकाबाट आउने गरेका छन । युपी र लुम्बिनी प्रदेश बिच पर्यटन बढाउन भारतिय पक्ष तयार छन । सहकार्य आवश्यक छ । बजार बुझेर, अनुसन्धान गरेर पर्यटकलाई आर्षित गर्ने प्याकेज सञ्चालन गर्न सकिन्छ ।
यहाँको प्रकृती र संस्कृती बुझ्नका लागी पर्यटक आउने भएकाले मौलिक संस्कृतीलाई प्राथमिकता दिन आवश्यक छ । कला संस्कृत, खाना, मनोरञ्जनमा पर्यटकको आकर्षण छ । बुटवलले पर्यटकको ईच्छा अनुसारको योजनागत ब्राण्डीगं गर्नुपर्छ । बुटवलमा पार्किङको समस्या छ, समाधान खोज्नु पर्छ । पर्यटक होल्ड गर्न श्रोत बजारलाई हिट गर्नुपर्छ । ईकाले टुरिजम सर्किटको रूपमा बर्दिया, हिलपार्क हँुदै चितवन जोडिँदै छ, त्यसले पर्यटकलाई आकर्षण गर्न सहयोग पुर्याउछ ।
‘प्याकेजका लिस्ट सहित प्रचारलाई प्राथमिकता दिऔं’
अर्जुन ज्ञवाली
अध्यक्ष, मानव अधिकार तथा शान्ति समाज,रूपन्देही
बुटवललाई पर्यटकिय क्षेत्र बनाउन तयारी, तयार, सत्कार र प्रचार प्रसारमा जोड् दिनु पर्छ । प्याकेजका लिस्ट र प्रचारका माध्यमलाई अन्तराष्टि यस्तरमै गर्न आवश्यक छ । लुम्बिनी प्रदेशको प्रतिनिधीत्व बुटवलले गर्छ । जोडिएको पालिकाको पर्यटन संयन्त्र निर्माण गरेर अगाडी बढ्नु पर्छ । संयुक्त पर्यटन प्रबद्र्धन गर्नु पर्छ । १२ जिल्लाको संस्कृति, खाना, कला, उत्पादनको ब्राष्डिग गर्नु पर्छ । त्यसले पनि पर्यटकहरूलाई लोभ्याउन सक्छ । आर्थिक खर्च गर्ने गरी पर्यटकलाई बुटवलमा राख्न सकिन्छ ।‘पर्यटकका लागि भौतिक संरचना आवश्यक’
मन्जु भुसाल,
अध्यक्ष, लुम्बिनी निर्माण व्यवसायी संघ
पर्यटनका लागी भौतिक पुर्वाधार महत्वपुर्ण हो । बर्षामा हिलो र गर्मीमा धुलाम्मे सडकले पर्यटकलाई समस्या थप्छन । बुटवल देखी लुम्बिनी सम्म समन्वयमा पर्यटक बस सञ्चालन गर्नु पर्छ । पर्यटकका लागि सूचना केन्द्र सञ्चालन आवश्यक छ । पर्यटकमैत्री सडक नहुँदा दुर्घटनाका समस्या भएकाले पूर्वाधार सोहि अनुसार बिकास गर्नपर्छ । भौतिक पुर्वाधार महत्वपुर्ण छ ।
‘बुटवल पारी र वारी रिंगरोड बनाउन आवश्यक’
दुर्गा पौड्याल
लेखक
सबैको प्रतिबद्धता पुरा भए एकदमै राम्रो हुन्छ । बुटवल धेरै बिकास भएको छ । पर्यटक भित्राउन आवश्यक पूर्वाधार तयार गर्नु पर्छ । सुरक्षित सडक र पूर्वाधार, गन्तब्यमा पुग्ने सुनिश्चितता नहुँदा पर्यटक हिचकिचाउँछन । सरसफाई नहुँदा पर्यटक रोकिन खोज्दैनन । बुटवल पारी र वारी रिंगरोड बनाउन सकिए पर्यटकिय क्षेत्र हेर्न पर्यटक भित्रिन्छन ।‘विदेश पुगेका विद्यार्थीको अनुभव राम्रो हुन सक्छ’
गिरीराज पाण्डे,
अध्यक्ष, ईक्यान रूपन्देही
विद्यार्थी बिदेशमा गएको बारेको तथ्याकसँगै सम्पर्कं हामीसँग छन । उपमहानगरपालिकाले नेतृत्व लिए बिदेशमा भएका नेपाली समुदायलाई जोडेर संवादको बातावरण बनाउन सक्छौं । स्थानीय पाठ्यक्रमले विद्यार्थीसम्म पर्यटन शिक्षा प्रबद्र्धनमा टेवा पुगिरहेको देखेको छु । पर्यटकका लागि संस्कार आवश्यक छ । सबैले पर्यटकलाई सम्मान गर्न सके पर्यटक ल्याउन सहज वातावरण बन्न सक्छ ।‘घुम्न लायक ठाउँको पहिचान आवश्यक’
लक्ष्मण प्रसाद श्रेष्ठ
सचिव, नेवा सेवा समाज
घुम्न लायक स्थान केन्द्रित गरि रिंग रोड बनाउन पर्छ । बसन्तपुर र नुवाकोटलाई केन्द्र बनाई बसाई लम्ब्याउन सकिन्छ । बुटवलको संमग्र विकासका लागि पर्यटकले महत्वपूर्ण भूमिका रहन्छ । यसलाई सबैले आ–आफ्नो ठाँउबाट गम्भिर रूपमा लिएर पर्यटक भित्राउने विशेष योजना हुन आवश्यक छ ।‘होटलहरूले पर्यटकीय प्याकेज बनाउन आवश्यक’
हुमाराम पोखरेल
अध्यक्ष, हाट बजार व्यवसायी समिति, रूपन्देही
बुटवलले सबै संस्कृतीको पहिचान झल्कने गरि स्वागत गान निर्माण गरोस । पर्यटक होल्डिगं सेन्टर राखेर सुचना प्रदान गर्न आवश्यक छ । भारत लक्षित श्रव्य दृश्य सामग्री निर्माण गरियोस । पाणिनी, रुरु र स्वर्गद्वारी लक्षित कार्यक्रम जोड्न पर्छ । पाँच तारे र तिन तारे होटलले अनिवार्यले प्याकेजको व्यवस्था गर्नु पर्ने वातावरण बनाउन पर्छ । बुटबलमा उपचारमा बढि समय पर्खनु पर्ने भएकाले बिरामी बुटवल भन्दा भैरहवा जान सहज मान्ने गरेका छन । भारतका बिद्यार्थीले शिक्षा आर्जन गर्न आउन सक्ने गरि योजना निर्माण गर्न आवश्यक छ ।‘आर्थिक अवस्था समेत चलायमान हुन्छ’
कल्पना तिवारी
स्टेशन म्यानेजर, रेडियो मुक्ती
पर्यटन सगै सिप र संस्कृति निर्यात आवश्यक छ । सिपलाई आर्जन सँग जोड्नु पर्छ । सिपको निर्यात पनि महत्वपूर्ण छ । स्थानीय सरकार बिचको समन्वयकारी भूमिका बिना पर्यटक भित्राउन समस्या हुन्छ । जिल्लाका १६ पालिका सँग सहकार्य गरेर स्थानीय सिप हस्तान्तरण गर्न भूमिका खेल्नुपर्छ । जस्का कारण आर्थिक अवस्था समेत चलायमान हुन्छ ।‘साना–साना कुरामा ध्यान दिन जरुरी छ’
कृष्ण प्रसाद सापकोटा
प्रमुख प्रशासकिय अधिकृत देवदह नगरपालिका
बुटवलमा संभावना रहेको दृष्टिकोण केन्द्रित गरि छलफल चलाउन आवश्यक छ । पर्यटक टिकाउने र खर्च गराउन समस्या छ । बुटवल बाटो मात्रै होईन हब हो । सम्भावना अधिक छ, मसिना कुरामा सहकार्य गर्न आवश्यक छ । बजार मागका आधारमा समयसीमा, सहजता र सहि मूल्यमा सेवा प्रवाह गर्न सकिए पर्यटकको आकर्षण बढ्छ । पर्यटकहरूका लागि साना साना कुराले पनि लोभ्याउने भएकाले त्यसतर्फ स्थानीय सरकारका साथै स्थानीयबासी, निजी क्षेत्र सबैको योगदान जरुरी छ ।‘लुम्बिनीलाई समेटेर योजना बनाऔं’
गोविन्दप्रसाद मरासिनी
अध्यक्ष, उच्च अदालत बार एशोसियसन बुटवल इजलास
पर्यटन विकासका लागि व्यवसायी मैत्री सरकार हुन आवश्यक छ । जबसम्म व्यवसायी मैत्री सरकार हुन सक्दैनन तवसम्म पर्यटक ल्याउन संभव छैन । त्यस तर्फ पनि स्थानिय सरकारले ध्यान दिन आवश्वयक छ । बुटवलले पर्यटकका लागि काम गर्ने हो भने वरिपरिका स्थानिय तह र लुम्बिनीलाई छाड्न मिल्दैन । तिनिहरूलाई समेटेर योजना बनाएर योजनासगै बजेट बनाएर काम गर्न आवश्यक छ ।