ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

फर्किदै माडीको तिनाउ खोला

२० बैशाख २०८२, शनिबार
२० बैशाख २०८२, शनिबार

पाल्पा,२० वैशाख ।

गतवर्षको असोजमा आएको बाढीका कारण पहेलै धान झुल्ने खेत बगरमा परिणत भएको थियो । अब पुन धान झुल्ने हुनेछ । गतवर्ष पहिलो पटक असारको अन्तिम सातामा र असोजको पहिलो सातामा आएको अविरल वर्षाका कारण तिनाउ खोला फाटेर १ हजार रोपनी क्षेत्रफलमा लगाएको धान वालीलाई क्षति पुराएको थियो। खोलाको सतह बढ्दै जादा वर्षादका कारण धान खेतमा तिनाउ खाोलाले नोक्सान गरेका कारण चिन्तीत बनेका कृषक नदी नियन्त्रणको थालनी भएपछि कृषकहरु उत्साहित भएका छन् ।

गतवर्ष असारको तेस्रो हप्तामा आएको बाढी खेतमा पस्दा नोक्सान बेहोरेकी तानसेन नगरको दमकडाकी जिवन कुमारी दर्लामी गत वर्ष सात रोपनी क्षेत्रफलको धान नोक्सान भयो । अब बाढी नपस्ने गरी खोलामा तटबन्ध निर्माण भएपछि यस वर्ष खेतमा धान रोपाई गर्न पाउने आशाबादी भएको उनी बताउछिन् । तिनाउ नदी नियन्त्रणमा प्रयास हुन नसक्दा वर्षायाममा माडी फाटका कृषकहरुले कटान र डुवानको समस्या झेल्दै आएका छन् ।वर्षादका समयमा सयाँै कृषकलाई कतै डुवान त कतै कटानको समस्या भोग्दै आएका छन् । नदी नियन्त्रण तर्फ वर्तमानको राजनैतिक सयंन्त्र अनुरुप गठित तीन वटा तहका सरकारबाट पहल हुन नसक्दा गतवर्ष कृषकले मुखमा आएको वर्षभरीको अन्नवाली गुमाउन परेको तानसेन नगर दमकडाका बुद्धराज बस्याल बताउछन् ।

गतवर्ष असारमा रोपाई सकिएको भोलि पटक नै आएको बाढीका कारण तिनाउ खोला धान खेतमा पस्दा स्थानीय श्रोत र साधन प्रयोग गरी जसो तसो खोला त फर्काइयो तर असोजमा आएको बाढीले हेर्दा हेर्दै पुरै खेतलाई बगरलाई बनाइ दिएको उनले भने । तिनाउखोलाको तटिय क्षेत्र अत्यधिक दोहन हुदा नदीको सतह माथि आउदै गयो । फलस्वरुप खोला धमिलो हुना साथ कही कतै बाट खोला पस्ने क्रम भएको वषौ देखि भएपनि नदी नियन्त्रण तर्फ ध्यान नदिदा गतवर्ष ठुलो नोक्सान बेहोर्न परेको कृषकहरु बताउछन् ।

स्थानीयले समेत नदीको धार नै परवर्तन हुने गरी नदी जन्य बस्तु चोरी निकासा गर्दा पनि माडी फाटको मध्य भागको खेति योग्य जमिन कहिले कटान त कहिले डुवानको चपेटामा परेको स्थानिय हरी बहादुर कमाल बताउछन् । तिनाउ नदी नियन्त्रण तथा नदी तटवन्धका लागि संघिय सरकार बाट ठुलो रकम विनियोजन भएपनि संघीय सरकारको यो कार्यक्रमले माडी फाटलाई कहिल्येै समेटन नसकेको स्थानीयहरु बताउँछन् । पटक पटक नदीले धार परिवर्तन गर्ने , कहिले फुट्ने समस्या यहाको नौलो भने होइन । पटक पटक नदी नियन्त्रणका लागि आवाज उठाउदा आवाज बन्द भएको वगनासकाली गाउपालिका पोखराथोकाका स्थानीय शंकर कुमाल बताउछन् ।

सिचाई कार्यालयका प्रमुख चन्द्र रानाका अनुसार गतवर्ष क्षति गरेको ठाउमा अब पुन क्षति नहोस भनेर ५ सय २५ मिटर लम्बाईमा स्थायी व्यवसथापनका लागि तटवन्धको काम अगाडि बढेको छ । आउने वर्षको असार ६ गते निर्माण कार्य सम्पन्न हुने गरी १ करोड ७७ लाख ६४ हजार रुपैयाको लागतमा ठेक्का मार्फत काम अगाडि बढेको हो । यस वर्ष वर्षाद भन्दा अगाडि ६ मिटरको उचाईमा गिट्टी बालुवाले खोला फर्काउने काम सकिनेछ । १५ मिटर उचाईमा हुने यस आर्थिक वर्षको कार्यक्रमले कृषकको खेती सुरक्षित हुने उनले बताए।

गतवर्ष दुई ठाउ बाट दुई पटक खोला पस्यो । नदीको सतह माथि आउने क्रम बढदो छ । गत वर्ष मैदाने भन्ने ठाउ बाट खोला पस्यो ।यहा त अब नियन्त्रण हुनेछ । यस पटक जहा बाट नियन्त्रणको थालनी भयो त्यो ठाउ भन्दा तल तल पनि खतराको घण्टी उत्तिकै भएको स्थानीय कृषकहरु बताउँछन् । नदी नियन्त्रणको सवालमा संघीय सरकारले पनि मनै फुकाएर बजेट विनियोजन नगर्दा सम्म प्रदेश सरकारको कनिके बजेटबाट मात्र संभव नभएको स्थानिय इन्द्र बहादुर पचभैया बताउछन् ।

तिनाउ खोलाको समस्या नया होइन । धेरै पुरानो हो । पुराना पुराना जनप्तिनिधी देखि नया जनप्रतिनिधी सम्म यस समस्यामा अनविज्ञ छैनन् । तिनाउ नदी नियन्त्रण खेति योग्य जमिन संरक्षण भन्ने विषयमा पञ्चायत काल देखि आज सम्मका जनप्रतिनीधिको चुनावी नारा भएपनि नदी नियन्त्रण तथा तटवन्धको निर्माणका लागि संघिय सरकार बाट बजेट रुपन्देहीमा विनियोजित हुदा खोलाको मुहान सम्म बजेट कहिल्यै आएन । प्रदेश सरकार बाट विनियोजित रकम बाट यस वर्षको लागि बजेटको श्रोत सुनिश्चित भएपनि प्रस्तावित रकम आउने क्रममा सिचाई कार्यालयका प्राविधिकहरुले आशंका व्यक्त गरेका छन् ।

जिल्ला कै ठुलो अन्न भण्डार मानिएको माडी फाटमा तिनाउ खोलाको डुवान र काटनको चपेटामा परेका कारण सिचाईको सुविधा बल्झिदा तिन वाली लगाउने कृषकले जसो तसो एक वालीमा मात्र सिमीत हुनु परेकोछ । सरकारले खोला नियन्त्रणका लागि समयमा पहल नगर्ने हो भने उर्वर भूमि बगरमा परिणत हुने स्थानीय कृष्ण बहादुर दर्जी बताउछन् ।
गतवर्ष एक हजार क्षेत्रफलमा प्रभावित भएको क्षेत्र यस वर्ष नियन्त्रण हुने र खेति लगाउनमा कृषक उत्साहित भएकाछन् । गत वर्ष खेती गरेका कृषकले ठुलो नोक्सानी सहेका अबका दिनमा दिगोरुपमा नदी नियन्त्रण हुनेमा कृषकहरु आशाबादी भएको स्थानीय कृषकहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?