ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

राप्ती साहित्य परिषद केन्द्रले गर्यो २४ श्रष्टा पुरस्कार एवं सम्मान

२० बैशाख २०८२, शनिबार
२० बैशाख २०८२, शनिबार

दाङ,२० बैशाख ।

राप्ती साहित्य परिषद केन्द्रीय समितिको आयोजना र नेपाल प्रज्ञा प्रतिस्ठानको सहकार्यमा स्रस्टा सम्मान, पुरस्कार वितरण , २५ औं वार्षिक साधारणसभा तथा १५ औ अधिवेशन दाङको घोराहीमा शुक्रबारदेखि सुरुभएको छ । नेपाल प्रज्ञा प्रतिस्ठान काठमाण्डौका सदस्य सचीव डा. धनप्रसाद सुवेदीले संस्कार सस्कृती संरक्षण र सम्र्वदन गर्नका लागि सबै लाग्नुपर्ने बताए । सरकारले साहित्यकारको पक्षमा काम गर्न डराएको उल्लेख गर्दै उनले सरकारी संयन्त्रमा साहित्यिक संघसस्थाहरु प्राथमिकतामा नपर्ने गरेको बताए । साहित्यकार सधैं समाजका मार्गनिर्देक बन्ने गरेका कारण बिकृति र विसंगती बिरुद्ध कलम चलाउन आग्रह गरे ।

राप्ती राहित्य परिषदका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले साहित्यकारहरु सधैं अगाडि बढेर साहित्यका माध्यमबाट खबरदारी गर्नुपर्ने बताए । सामाजिक रुपान्तरणका लागि साहित्यले सकारात्मक प्रभाव पार्ने गरेका कारण सरकारले सहयोग गर्नुपर्ने बताए । राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टिकाराम उदासी को अध्यक्षतामा भएको कार्यक्रममा दाङ, बाँके, रोल्पा,रुकुम र प्युठान लगाएतका जिल्लाका साहित्यकारको उपस्थिति रहेको छ ।

२४ जना श्रष्टा पुरस्कृत एवम् सम्मानित
राप्ती साहित्य परिषद् केन्द्रको वार्षिकोत्सवको अवसरमा प्रा डा बाबुराम आचार्यसहित २४ जना श्रष्टा पुरस्कृत एवम् सम्मानित हुनुभएको छ । परिषद्ले राप्ती साहित्य पुरस्कार २०८१ बाट प्राध्यापक डा आचार्यलाई प्रदान गरेको हो । यस्तै, २०८० सालमा प्रकाशित १८ थुङ्गा नामक जीवनी विधाको कृतिका लागि दाङका पद्मप्रसाद शर्मालाई राप्ती साहित्य सिर्जना पुरस्कार, नन्दहरि साहित्य पुरस्कारबाट दाङका सुरेशकुमार पाण्डेयलाई, डोमादेवी साहित्य पुरस्कारबाट दाङका शशीधर भण्डारीलाई, दीलसरी दल अतिरिक्त साहित्य पुरस्कारबाट रोल्पाका मोहित श्रेष्ठलाई पुरस्कृत गरेको हो ।
यसैगरी देवीचन्द्र साहित्य पुरस्कारबाट बाँकेका डा हरिप्रसाद तिमिल्सेनालाई, अयामुकुन्द प्रज्ञा पुरस्कारबाट प्युठानका नारायण गौतमलाई, गोपाल चन्द्र प्रज्ञा पुरस्कारबाट दाङका हरिप्रसाद पाण्डेयलाई, हरिप्रसाद मिना पाण्डेय कला साहित्य पुरस्कारबाट दाङका केबी चौधरीलाई, खोबिलाल हुकुमादेवी छन्द पुरस्कार दाङका गिरीराज खनाललाई प्रदान गरेको हो । त्यस्तै, कार्यक्रम्मा पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कारबाट दाङका अभि क्षेत्री समर्पणलाई, तिलका तुलसीराम आचार्य स्मृति पुरस्कारबाट बुटबलमा प्रा डा कपिल लामिछानेलाई, चक्रपाणि लोकेश्वरी छन्द पुरस्कारबाट दाङका कपिलकिशोर घिमिरेलाई, नित्यानन्द प्रज्ञा

यसैगरी, श्रीबहादुर दीलमाया साहित्य पुरस्कारबाट रुकुमपूर्वका कर्णबहादुर बुढा मगरलाई, टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कारबाट बाँकेका महानन्द ढकाललाई, जीवनचक्र साहित्य पुरस्कारबाट सल्यानका हिरालाल केसीलाई, पं कपिलमुनि भक्तकुमारी शिवादेवी स्मृति स्रष्टा सम्मानबाट सल्यानकी बिनु बुढाथोकीलाई, ऋषि लक्ष्मी साहित्य पुरस्कारबाट पश्चिम रुकुमका खेमराज खड्कालाई, गोमादेवी स्मृति कला पुरस्कारबाट दाङकी दीपा बुढालाई र विष्णुनुमा साहित्य पुरस्कारबाट दाङका मनिषा गिरी ‘ऋतु’लाई पुरस्कृत गरेको हो । पुरस्कारबाट प्युठानका सुमन सुवेदीलाई, चन्द्रमधु गीत संगीत पुरस्कारबाट दाङ देउखुरीका यादवनाथ योगीलाई, ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कारबाट रुकुम पश्चिमका भुपेन्द्रा मल्ललाई प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कारबाट रोल्पाका अमर अधिकारीलाई पुरस्कृत गरेको हो । यसैगरी परिषद्ले दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुर, कवि धर्मराज बैरागी देउखुरी, अग्रज साहित्यकार मधुसुदन गौतम दाङ र नारी श्रष्टा बसन्ता शाह हापुरलाई सम्मान गरिएको हो ।
पाँच लाखको पुरस्कार स्थापना
प्राध्यापक डाक्टर साहित्यकार गोविन्द पौडेलले आफ्ना दिंगवत बुवा आमाको संझनामा पाँच लाख राशीको पुरस्कार स्थापना गरेका छन् । केन्द्रीय अध्यक्ष टिकाराम उदासीलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । वाङ्मय साहित्य पुरस्कारको रुपमा प्रत्येक वर्ष श्रष्टालाई पुरस्कार वितरण गरिने प्राध्यापक डा गोविन्द पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?