ट्रेंडिंग:

>> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्षमा चार जनाको उम्मेदवारी

२० बैशाख २०८२, शनिबार
२० बैशाख २०८२, शनिबार

कपिलवस्तु, २० वैशाख ।

जिल्लाकै पुरानो कपिलवस्तु बहुमुखी क्याम्पसको वैशाख २७ गतेका लागि निर्धारित क्याम्पस सभा निर्वाचनमा अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका छन् ।

तेस्रो क्याम्पस सभा अन्तर्गत तीन वर्षे कार्यअवधिको लागि हुने निर्वाचनमा अध्यक्ष पदमा बाबुराम खनाल, सुरेश प्रसाद शर्मा, सच्चिताानन्द त्रिपाठी (एसएन त्रिपाठी) र हरम शरीफ मुसलमानले उम्मेदवारी दिएको निर्वाचन संयोजक अधिवक्ता नुर मोहम्मदले जानकारी दिए ।

अध्यक्षमा उम्मेदवारी दिएका खनाल नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीका अध्यक्ष, शर्मा नेपाली काँग्रेसका पुर्व जिल्ला सचिव र त्रिपाठी शिक्षा सेवी तथा मुसलमान एमाले यशोधरा गाउँपालिका कमिटीका अध्यक्ष हुन । अध्यक्ष उम्मेदवार खनाल र शर्मा हालको व्यवस्थापन समितिका सदस्य समेत हुन् ।

त्यसैगरी चार खुल्ला सदस्यका लागि १० जनाले उम्मेदवारी दिएका छन् । सदस्य पदमा राजेश कुमार अग्रहरी, शोहरत तेली, गोपाल भण्डारी, रामजी कुर्मी, शारदा नन्द यादव, देवराज पाण्डे, गंगेश कुमार वर्मा, कृष्णचन्द्र पासी, गौरव कुमार गुप्ता र रामशरण चौधरीले उम्मेदवारी दिएका छन् ।

तीन महिला सदस्य पदमा ६ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यतर्फ बिन्दवासिनी हरिजन, लक्ष्मी मिश्र, बन्दना चौधरी, ईन्दिरा पौडेल देवकोटा, सुनिता दुवे शुक्ल र पुष्पाञ्जली शुक्ला मिश्रा उम्मेदवार बनेका छन् । कुल एक हजार १२ क्याम्पस सभाका सदस्य रहेको क्याम्पस सभामा निर्वाचन कार्यक्रम अन्तर्गत वैशाख २२ गते दिउँसो १ बजे अन्तिम नामावली सार्वजनिक गर्ने र बैशाख २७ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजे सम्म कपिलवस्तु बहुमुखी क्याम्पसमा मतदान कार्ययोजना सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?