ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

‘सप्रिदै कैदी’ फक्रिदै सीप

कारागारभित्रका कैदीबन्दीको सीपले आम्दानीको रूप लिइरहेको छ । काष्ठकला र फर्निसिङ्गका सामग्रीबाट दुई करोड, मुढाबाट एक करोड २० लाख र घरेलु हस्तकलाका सामग्रीबाट चार लाखगरी वार्षिक तीन करोड बढीको कारोबार हुने गरेको छ ।
१९ बैशाख २०८२, शुक्रबार
१९ बैशाख २०८२, शुक्रबार

गुल्मी, १९ बैशाख ।
जिल्लाको कारागारमा रहेका कैदीबन्दीहरू उद्योग कर्ममा रमाउन थालेका छन् । कारागारभित्र दुई बर्षदेखि काष्ठकलाको लागि फर्निचर उद्योग सञ्चालनमा छ । त्यही उद्योगबाट यहाँका कैदीबन्दीहरूले मासिक रूपमा न्यूनतम सात हजारदेखि ४५ हजार रूपैंयासम्म कमाइ गर्दै आएका छन् । कारागार भित्रको खाली समयलाई सदुपयोग गर्दै सिप सिकेर कैदीबन्दीहरूले घरखर्च चलाएका छन । दिनहुँ बिहानदेखि बेलुका अबेरसम्म कोही फर्निचरमा त कोही बाँसका मुढा बुन्ने काममा व्यस्त बनेको देखिन्छ । कारागारमा पहिलो पटक पुग्ने जोकोही पनि त्यहाका कैदीबन्दीहरूले गरेको काम देखेर आफैमा दङ्ग पर्छन ।

गुल्मी कारागारलाई औद्योगिक ग्रामको रूपमा विकास गर्न थालिएको अनुभूति हुन्छ । कारागारलाई औद्योगिक ग्रामको रूपमा विकास गर्न थालिएको भएपनि कारगारको जग्गा र संरचना अभावमा समस्या भएको कारागारका प्रमुख रेश्मीराज पन्थी बताउछन । आफुले बाहिर पनि काष्ठकलाकै काम गरेर ३० बर्ष बिताएको हुँदा कारागारमा पनि राम्रै कमाई हुनेगरेको यहाँका एक कैदीले बताए । उनले मासिक ४० देखि ४५ हजार रूपैयाँसम्म कमाउँदै आईरहेका छन । यो कामबाट समय कटाउन र घरखर्च व्यवस्थापन गर्न धेरै सजिलो भएको उनले बताए ।

कारागारमा सबैभन्दा धेरै काष्ठकला र फर्निचरको काम गर्ने कैदीबन्दीहरूको कमाई धेरै हुनेगर्दछ । काष्ठकलाका अतिरिक्त घरेलु हस्तकलाको काम गर्नेहरूको कमाई पनि राम्रो छ । कारागारमा ३० जना भन्दा बढिले काठको काम गर्ने र ४१ जना कैदीबन्दीले मुढाको काम गर्दै आएका छन । कारागारमा बाँसको सिन्का चिर्ने र बुट्टा बनाउनेहरूको न्यूनतम रकम मासिक सात हजार भन्दा धेरै हुनेगरेको कारागारका चौकीदार हरिबहादुर थापाले बताए ।

चौकीदार थापाका अनुसार कारागारमा सवैभन्दा बढि मूल्य पर्ने अष्टनागको आकृति सहित सालको काठको चौकोश निर्माण गरिन्छ ।जसको मूल्य बजारमा आठ लाख रूपैयाँ पर्दछ । एउटा चौकोश निर्माण गर्न तीन जना जनशक्तिले एक महिनामा काम गर्नुपर्छ । त्यस्तै भक्तपुरे आँखी झ्याल, फोटो फ्रेम, सोफा, दराज, टेवल लगायत आवश्यकता अनुसार सवै फर्निचरका सामग्री निर्माण गरिन्छ ।यहाँका काष्ठकलाका सामग्री व्यक्तिगत प्रयोगका अतिरिक्त सरकारी कार्यालय र मठमन्दिरहरूमा समेत प्रयोग हुँदै आएका छन् ।

बजार क्षेत्रमा रहेका अन्य फर्निचर उद्योगमा भन्दा कारागारमा उत्पादन गरिएका सामग्री राम्रो र सस्तो भएका कारण यहाँका स्थानीयहरू सामान किन्नका लागि सोधिसोधि कारागार पुग्ने गर्दछन ।गुल्मी कारागारको सबैभन्दा पुरानो उत्पादन बाँसका मुढा हो । कारागारका ४१ जनाले दैनिक मुढा बुन्छन् । बजार मुढाको माग धेरै छ । माग अनुसार आपूर्ति गर्न नसकिएको कारागार प्रशासनले जनाएको छ । काष्ठकला फर्निचर र मुढाका सामग्री जिल्लामै सबैभन्दा बढी खपत हुने गरेको चौकीदार हरिबहादुर थापाले बताए । त्यसका अतिरिक्त पुरुषहरूले बाहेक महिला कैदीबन्दीले बर्षौदेखि घरेलु हस्तकलाका सल, टोपी, सुटपाइन्ट, सुइटर लगायतका सामग्री निर्माण गर्ने गरेका छन् ।

गुल्मी कारागारमा उत्पादित सामग्री पोखरा, पाल्पा, काठमाण्डौ, रसुवा, इलाम, सिराहादेखि जापानमा समेत कोशेलीको रूपमा पुग्ने गरेको चौकिदार थापाले बताए । घरेलु तथा साना उद्योग कार्यालयले पनि यहाँका कैदीबन्दीहरूका माग अनुसार समय समयमा तालिम समेत प्रदान गर्दै आएको छ ।कारागारका चौकीदार हरिबहादुर थापाका अनुसार काष्ठकला र फर्निसिङ्गका सामग्रीबाट बार्षिक रूपमा दुई करोड, मुढाबाट एक करोड २० लाख, घरेलु हस्तकलाका सामग्रीबाट चार लाख गरी न्यूनतम तीन करोड भन्दा बढीको कारोबार हुने गरेको छ । गुल्मी कारागारमा हाल थुनुवा ३६, कैदी ७३ र आश्रित एक जना सहित एक सय १० जना कैदीबन्दीहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?