Butwal Today

भक्तपुरमा दुई छुट्टाछुट्टै खाजा पसलमा जुवा खेल्दै गरेका १३ जना पक्राउ

१९ बैशाख २०८२, शुक्रबार
अ+
अ-

भक्तपुर, १९ वैशाख ।

जुवातास खेलिरहेको अभियोगमा भक्तपुरका दुई स्थानबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। मध्यपुर थिमी नगरपालिका–५, चपाचोमा अवस्थित फुर्वा थिङको खाजा पसलमा जुवा खेलिरहेको अवस्थामा प्रहरी टोलीले ११ जनालाई रंगेहात पक्राउ गरेको हो। उनीहरूबाट नगद ५९ हजार ५ सय ५० रुपैयाँ र ५ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

त्यस्तै, मध्यपुर थिमी नगरपालिका–१, लोकन्थलीस्थित अर्को खाजा पसलबाट पनि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका मध्ये एक जना काठमाडौं कोटेश्वरमा बसोबास गर्दै आएका नुवाकोट तादी गाउँपालिका–३ का ३२ वर्षीय सुजन दाहाल रहेका छन्।

उक्त स्थानबाट प्रहरीले नगद ६३ हजार ५ सय रुपैयाँ र ९ बुक तास समेत बरामद गरेको छ। दुबै स्थानमा प्रहरी वृत्त ठिमी र जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले छापा मारेको थियो।